Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जनकपुरमा विमर्श : विदेश जाँदै मधेस

खबरडबली संवाददाता

जनकपुरधाम । बिहीबारदेखि जनकपुरधाम जारी जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन विभिन्न चारवटा विषयमा विमर्श गरिएको छ ।  

पाँच दिवसीय यो महोत्सवमा आज विदेश जाँदै मधेस, मिथिला चित्रकलामा समकालीनता, भाषाको सीमा र अनुवाद, लालित्य र लोकसरोकार भन्ने विषयमाथि छुट्टाछुट्टै सत्रमा विमर्श भएका महोत्सव आयोजक मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । 

त्यसैगरी दुईवटा नाटक प्रदर्शन र प्रतिष्ठित स्थानीय तथा अन्य क्षेत्रबाट आएका कलाकर्मीहरुबाट नाटक, साङ्गीतिक प्रस्तुतिलगायत कार्यक्रम पनि भएका अध्यक्ष चौधरीले बताए ।  यस क्रममा ‘विदेश जाइत मधेस (विदेश जाँदै मधेस)’ शीर्षकमाथिको विमर्शका वक्ताहरुले मधेसजस्तो उर्बर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्ननसक्दा युवा दिनप्रतिदिन विदेश पलायन हुनथालेकोमा गम्भीर चिन्ता व्यक्त गरे । 

कार्यक्रममा राजनीतिज्ञ बृखेशचन्द्र लालले भोको पटले देश विकासमा योगदान गर्ननसक्ने भन्दै त्यसैकारण आम युवाहरू सस्तोमा श्रम बेच्न विदेश पलायन हुन बाध्य भएको बताए । देश बनाउने बेला युवा जनशक्ति विदेशीनुलाई नयाँ संस्करणको पराधिनताको संज्ञा दिँदै उनले त्यसरी विदेशीने युवामध्ये २८ दशमलव ६८ प्रतिशत युवा मधेशको हुनुले भयावह स्थितिलाई देखाइरहेको टिप्पणी गरे ।

यसैगरी, डा.सूर्यनाथ मिश्रले देशमा रहेका सम्भावनाका क्षेत्रमा राज्यको योजनाबद्ध लगानी नहुँदा रोजगारी सिर्जना हुननसकेको र त्यसको मारमा सबैभन्दा बढी आर्थिकरूपमा विपन्न वर्ग परेको बताए । उनले सस्तो श्रमका लागि विदेशीने बहुसङ्ख्यक विपन्न जनतालाई लक्षित गरी राज्यले समयमै रोजगारीको अवसर सिर्जनामा लाग्नुपर्नेमा जोड दिए ।

त्यसैगरी २७ वर्ष कतारमा काम गरेर फर्किनुभएका मोहरम नद्दाफ नेपालको राजनीतिक नेतृत्वमा देश बनाउने सोच र योजना नहुँदा युवाहरु विदेश जान बाध्य भएको बताए । उनले तालिम र सीपको अभावमा विदेश जाने युवाहरूले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका विषयमा बारम्बार कुरा उठ्दा पनि राज्यले लगानी गर्न नसक्नु झनै दुःखद भएको बताए ।

कार्यक्रमका वक्ताहरु डा.सोहन साह, कौशल्य कुस्वाहा, संजोग देव, देवेन्द्र भट्टराई, परमेश मण्डलले देशको अर्थतन्त्रको ठूलो हिस्सा विप्रेषणबाट चलिरहेका पनि त्यसबाट वैदेशिक रोजगारमा गएका परिवारले लाभ पाउने गरी योजना बनाउन जरुरी रहेको धारणा राखे । 

‘मिथिला चित्रकलामे समकालिनता’ शीर्षकको विमर्शमा वरिष्ठ चित्रकार एस।सी सुमन, उमाशङ्कर साह, श्यामसुन्दर यादव, पद्मश्री दुलारी देवी, श्रीमती कल्पजा सिंह, विजयदत्त मणिले मिथिला चित्रकलाको व्यावसायिक विकासका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए । 

भाषाको सीमा र अनुवाद सत्रमा भारतबाट आएका भाषाविद्हरु अशोक, डा.निक्की प्रियदर्शिनी, भाष्करानन्द भाष्कर, प्रदिप विहारी, ललित झा, शिवशंकर श्रीनिवासले भाग लिए ।

मैथिली संस्कृति : लालित्य र लोकसरोकार सत्रमा डा.महेन्द्रनरायण राम, परमेश्वर कापरी, अजित आजाद, रूपा झा, प्रवीणनारायण चौधरीले मैथिली कला संस्कृतिका विविध पक्षमा बृहंगम छलफल गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending