गोरखा । गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिइन् ।
परिवारका सदस्यले उपचार प्रयास गरे पनि सम्भव नभएपछि उनलाई लामो समयदेखि कोठामा थुनेर राखिएको थियो । सिर्मललाई परिवारले कोठामा वरिपरि ढुङ्गामाटोको कोठा बनाएर अगाडि फलामे ढोका हालेर थुनेर राख्दै आएका थिए ।
खाना कोठाभित्र पुर्याउनका लागि फलामे ढोकामुनितिर केही भाग खुला छोडेर सिर्मललाई परिवारले कोठामै थुनेर राख्ने गरेको रहेछ, व्यवस्थापक लामाले भनिन्, “गोरखा नगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो ।”
घरमा कसैलाई नजिक आउन नदिने र सबैलाई कुटपिट गरी लखेट्ने गरेपछि गाउँमा असुरक्षा महसुुस भएकाले सिर्मललाई लामो समयदेखि कोठामा थुनेर राखिएको परिवारको भनाइ थियो । सिर्मलकी आमा फिस्टी सिर्मलले छोराको उपचार गर्न नसकिएकाले एउटै कोठामै ओछ्यान र शौचालय समेतको व्यवस्था गरी थुनेर राख्नु परेको बताइन् ।
उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पुर्याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो । विसं २०५८ देखि मङ्गलबाबुमा मानसिक समस्या देखिएको आमा फिस्टीको भनाइ थियो ।
गोरखा नगरपालिकाको उपप्रमुख मसलीमाया थोकर (सपना पुन) सहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको उपस्थितिमा उनलाई उद्धार गरिएको संयोजक लामाले बताइन् ।
उद्धार गरिएका मङ्गलबाबुलाई पोखरास्थित मानवसेवा आश्रममा पुर्याइएको छ । उनलाई हेम्जास्थित उक्त आश्रमको शाखामा राखेर मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उपचार हुने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: