Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विपक्षी दल एमालेद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण

खबरडबली संवाददाता
कास्की । गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले साेमबार २४ बुँदा समेटेर मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् । 
 
प्रदेश सरकारले गर्नुपर्ने सुधारका कामलगायत समेटिएको उक्त ध्यानाकर्षणपत्रमा प्रदेश सरकार गठबन्धनको मात्र नभई सबै जनताको अभिभावक बन्नुपर्ने, सुशासन र सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्ने, सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारी कामभन्दा पनि विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त हुँदा सरकारले आफ्नो काममा गति लिन नसकेलगायत कुरा उल्लेख छन् । 
 
त्यसैगरी, चालु आवको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ३९ प्रतिशतमात्र हुँदा त्यसको क्षमता वृद्धि गर्न, प्रदेश गौरव तथा रुपान्तरणकारी आयोजनाको कार्यान्वयनको अवस्था कमजोर देखिएकाले त्यस्ता योजनाका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने, गण्डकी प्रदेशलाई मित्रराष्ट्र भारत र चीनसँग जोड्ने कोरला–त्रिवेणी सडक द्रुत गतिमा निर्माण गर्नुपर्ने, चालु आवको पुस मसान्तसम्म जम्मा ३२ दशमलव ३२ प्रतिशत राजस्व सङ्कलन देखिनुले राजस्व तथा प्रदेशको आन्तरिक स्रोत र दायरा बढाउन सरकारको विशेष ध्यान दिनुपर्ने तथा योजना अनुगमन निर्देशिका तत्काल जारी गर्न माग गरिएको छ । 
 
यसैगरी ध्यानाकर्षणपत्रमा क्रमागत योजना र बहुवर्षीय योजनाका लागि बजेट सुनिश्चित गरेरमात्र नयाँ योजना प्रस्ताव गर्ने नीति लिनुपर्ने, प्रदेश गौरव तथा रुपान्तरणकारी आयोजनालाई मात्र प्राथमिकताका आधारमा बहुवर्षीय आयोजनाका रुपमा कार्यान्वयन गर्नुपर्ने, प्रदेशको आवधिक, मध्यमकालीन खर्च संरचना र परियोजना बैङ्कका आधारमा मात्र योजना छनौट, बजेट विनियोजन र कार्यान्वयन गर्नुपर्ने, बजेटलाई आवश्यकता र जनमुखी बनाउन आर्थिक, सामाजिक, औद्योगिक, पूर्वाधार, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रगत रुपमा प्राथमिकीकरण गरी जिल्लागत र विकासगत सन्तुलन मिलाई आयोजनाका लागि बजेट सीमा तथा स्रोतको व्यवस्थापन गर्नुपर्नेलगायत कुरा ध्यानाकर्षण पत्रमा उल्लेख छ ।  
–––

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending