Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

बिस्केटका दुई वटा लिङ्गो ल्याइयो, योसिंद्यो डोजर र क्रेनले तानियो

खबरडबली संवाददाता
भक्तपुर  । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ ।
 
तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त लिङ्गो ढालेर भव्यरुपमा जात्रा मनाउने परम्परा  छ । 
 
उक्त जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिङ्गोकोे टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङपत’रहेको हुन्छ भने लिङ्गो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथको उपस्थिति गराइन्छ । 
 
सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो, नाङ्लो जत्रो गोलाइको लिङ्गो काटेर मानिसको हातले तानेर ल्याउने मल्लकालीन परम्परा अहिले तोडिएको छ । 
 
आगामी चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि अत्यावश्यक लिङ्गो डोरी लगाएर हातले तान्ने परम्परा जनशक्ति अभाव भएको भन्दै गुठी संस्थानले डोजर र क्रेनको सहयोगमा तानेर ल्याइएको हो । 
 
डोजर र क्रेन प्रयोग गरेर योसिंद्यो ल्याएको भन्दै भक्तपुरका संस्कृतकर्मी सम्पूर्ण जोशीले ऐतिहासि, सांस्कृतिक, धार्मिक महत्वको परम्परागत जात्रामा आधुनिकताका नाममा क्रेन र डोजर ल्याउनु गलत भएको टिप्पणी गरे । “हजारौँ मानिसले तान्दै आएको भैरवनाथको रथ (भैलख) पनि डोजरले तान्ने त अब ?” उनले प्रश्न गरे । 
 
टौमढी युथ क्लबका पूर्वअध्यक्ष एवं समाजसेवी विजयप्रसाद धौभडेलले  डोरीले लिङ्गो तानेर ल्याउने परम्परा अहिले डोजर र क्रेनले तानेर ल्याउने परम्परा सुरु गर्नु विडम्बना भएको बताए । 
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले गत वर्ष लिङ्गो ल्याउन करिब तीन लाखभन्दा बढीको ठेक्का लगाएर ल्याएकोमा यस वर्ष भने दाता शिवराम सुवालले सबै खर्च आफैँले व्यहोरिदिएकाले सरकारको बजेट वचत भएको बताए । 
 
उनले विगत तीन वर्ष अगाडिदेखि नै डोजर र क्रेनले लिङ्गो तान्न थालिएको बताउँदै खोलाबाट ल्याउन नसकिने, सडकबाट तान्दा मानिसको अभाव हुने र समय बढी लाग्ने, सडक जाम हुने हुँदा क्रेनले तानेर ल्याउदा सजिलो हुने भएकाले यसो गरिएको हुनसक्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy