Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

जनादेशले दिएको कडा सन्देशः प्रचण्डको ‘स्मार्ट मूभ’ किन भयाे फेल ?

खबरडबली संवाददाता

काठमाडौं । चुनावअघि आफूलाई रणनीतिक रूपमा अगाडि राख्दै अनेक ‘स्मार्ट मूभ’ चाल्ने प्रयास गरेका पुष्पकमल दाहाल (प्रचण्ड) यसपटक जनादेशबाट अपेक्षित परिणाम निकाल्न असफल देखिएका छन्। पार्टी पुनर्संरचना, नाम र चुनाव चिह्न परिवर्तन, विभिन्न घटकसँग एकता—यी सबै कदमपछि पनि मत परिणामले उनको दाबीलाई पुष्टि गरेन।

रणनीति धेरै, भरोसा कम

प्रचण्डले केन्द्रीय कमिटी विघटन गरेर आफू संयोजक बन्नेदेखि लिएर पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ राख्ने र चुनाव चिह्न ‘तारा’ बनाउनेसम्मका निर्णय गरे। माधवकुमार नेपाल लगायतका नेतासँग एकता, विभिन्न साना घटकलाई समेट्ने प्रयास र ‘जेन–जी भावना’ समेटेको दाबी सबै कदमले नयाँ सुरुवातको संकेत दिन खोजे।

तर मतदाताले केवल संरचनात्मक फेरबदललाई पर्याप्त मानेनन्। एकताका २० भन्दा बढी घटक जोडिँदा पनि तिनको जनाधार स्वतः सर्ने ग्यारेन्टी रहेन।

नयाँ अनुहारको दाउ

प्रचण्डले धेरै क्षेत्रमा नयाँ अनुहार अघि सारे। तर नयाँ अनुहार मात्र पर्याप्त हुँदैन—विश्वसनीयता र वैकल्पिक दृष्टि पनि चाहिन्छ। चुनावी मैदानमा पुराना असन्तोष, सुशासन र रोजगारीका प्रश्न बलियो रूपमा उठिरहेका बेला ती मुद्दामा स्पष्ट आत्मालोचना देखिएन।

जेन–जी सन्देशको गलत पाठ?

जेन–जी आन्दोलनको भावनालाई आफूले बुझेको दाबी गरे पनि त्यो असन्तोष केवल अन्य दलप्रति मात्र लक्षित थियो भन्ने बुझाइ कमजोर सावित भयो। आन्दोलनले परम्परागत राजनीतिक शैली र नेतृत्व संस्कृतिमाथि प्रश्न उठाएको थियो ।  जसमा प्रचण्ड स्वयं पनि पर्थे।

क्षेत्रीय क्षति

परिणामले कोशी र मधेशमा प्रभाव घटेकाेे देखायो । परम्परागत आधार क्षेत्रबाहिर विस्तारको प्रयास सफल भएन। अन्ततः केही सीमित क्षेत्रमा मात्रै सिट सुरक्षित गर्न सके।

आत्मसमीक्षाको मोड

२०६४ को शिखरदेखि अहिलेको खुम्चिएको अवस्थासम्म आइपुग्दा मुख्य प्रश्न उभिएको छ । किन पुरानो जनविश्वास कायम रहन सकेन?   किन दशकौँको राजनीतिक अनुभवले नयाँ पुस्ताको भरोसा जित्न सकेन? किन सुशासन र विकासका सवालमा विश्वसनीय उत्तर दिन सकेन?

राजनीतिमा लामो समय ‘किङमेकर’ मानिएका प्रचण्डका लागि यो परिणाम केवल हार होइन, सन्देश हो।अब नेकपासँँग विकल्प दुई मात्र छन्  । विगतको विरासतमै अडिग रहने,  या नयाँ पुस्तालाई वास्तविक नेतृत्व हस्तान्तरण गर्दै संरचनात्मक परिवर्तन गर्ने।

जनादेशले नेतृत्वको शैली बदलिनैपर्ने संन्देेश दिएको छ  । अब त्यो सन्देश कति छिटो र कति गहिरो गरी बुझिन्छ, त्यसले नै प्रचण्डको आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप फाइनल: भारतले बनाए उच्चतम स्कोर, न्यूजिल्यान्डका लागि २५६ रनको चुनौती

काठमाडौं  । टी–२० विश्वकपको उपाधिका लागि भारत र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा जारी छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता...

रवीन्द्र मिश्र ले किन लिए दलीय राजनीतिबाट ‘ब्रेक’

काठमाडौं । राजावादी धारका नेता रवीन्द्र मिश्र ले तत्कालका लागि दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वज...

जनादेशले दिएको कडा सन्देशः प्रचण्डको ‘स्मार्ट मूभ’ किन भयाे फेल ?

काठमाडौं । चुनावअघि आफूलाई रणनीतिक रूपमा अगाडि राख्दै अनेक ‘स्मार्ट मूभ’ चाल्ने प्रयास गरेका पुष्पकमल दाहाल (प्रचण्ड) यसपटक जनादेशबाट अपेक्षित परिणाम ...

पूर्वसुरक्षाकर्मीको लहर : रास्वपाबाट उठेका पाँचै उम्मेदवार विजयी

पूर्वएआईजी विश्वराज पोखरेलकाे ५ मतान्तरकाे रोचक जित

इलाम १ मा तीन दलबीच कडा टक्कर

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभरको नतिजा अन्तिममा पुग्दै गर्दा इलाम १ मा भने प्रतिस्पर्धा रोचक बनेको छ। यस क्षेत्रमा त्रिपक्षीय भिडन्...

बाजुरामा ५ उम्मेदवारको धरौटी जफत

बाजुरा । बाजुरामा ५ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न न...

घट्यो दलको भीड, बढ्यो ध्रुवीकरण : नयाँ संसद्को बदलिँदो गणित

मतदाताको कठोर फैसलाले आधा दर्जन दल संसद् बाहिर

तनहुँमा छ हजार मत बदर

 तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो। ...

नेकपाको ओरालो यात्रा : शिखरदेखि संकटसम्म ३४ वर्षको उतारचढाव

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनले तीन दशकभन्दा बढी समय नेपाली राजनीतिमा निर्णायक प्रभाव जमायो  । सशस्त्र संघर्ष, जनआन्दोलन, संविधान निर्माण र सरक...

समानुपातिक तर्फ ५० लाख मतगणना हुँदा रास्वपाले पायो २४ लाख, अन्य दलको कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्‍याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE