काठमाडाैं । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।
त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।
यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - २०:०१
भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गर...
पौष २२ गते, २०८१ - १९:३८
काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
पौष २२ गते, २०८१ - १८:४१
भारत । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्...
प्रतिकृया लेख्नुहोस्: