Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

खानलाई कारागारमा राखेर पाकिस्तानमा मतदान, मोबाइल नेटवर्क बन्द

खबरडबली संवाददाता

एजेन्सी । धाँधलीको आरोप लागेको निर्वाचनमा लाखौँ पाकिस्तानीले मतदान गरेपछि बिहीबार मतदान केन्द्रहरू बन्द भएका छन् । 

पाकिस्तानी अधिकारीहरूले मतदानको पूरै दिन मोबाइल फोन सेवा निलम्बन गरेका थिए र मुलुकका सबैभन्दा लोकप्रिय राजनेतालाई कारागारमा राखेका थिए । पूर्वप्रधानमन्त्री इमरान खानको कारागार सजाय र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीलाई सैन्य नेतृत्वमा स्थापना गरिएको प्रतिस्थापनले छायाँमा पारेको अभियानपछि मतदान सर्वेक्षकहरूले मुलुकका १२ करोड ८० लाख योग्य मतदाताबाट कम मतदान हुने भविष्यवाणी गरेका छन् । 

बिहीबार भएको मतदानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूले उक्त पार्टीका ७४ वर्षीय संस्थापक नवाज शरिफलाई जनरलहरूको आशीर्वाद प्राप्त भएको बताएका छन् । 

मतदानको अखण्डताका बारेमा चिन्ता व्यक्त गर्दै अधिकारीहरूले बुधबार दुई विस्फोटमा २८ जना मारिएपछि ‘कानून र व्यवस्था कायम गर्न’ मतदान सुरु हुनुभन्दा ठिकअघि मुलुकभर मोबाइल टेलिफोन सेवाहरू निलम्बन गरेका थिए । गैर–नाफामूलक डिजिटल राइट्स फाउन्डेसन चलाउने वकिल निघत ड्याडले उक्त बन्दाबन्दी पाकिस्तानीहरूको लोकतान्त्रिक अधिकारहरूमाथि आक्रमण हो भने । “मोबाइल फोन सेवा बन्द गर्नु राष्ट्रिय सुरक्षा चिन्ताको समाधान होइन, यदि तपाईंले सूचनाको पहुँच बन्द गर्नुभयो भने तपाईंले थप अराजक सिर्जना गर्नुहुन्छ”, उनले भने । 

पाकिस्तानमा मतदाताहरू आफू दर्ता भएको मतदान केन्द्रको पुष्टि गर्नका लागि टेक्स्ट सन्देश सेवामा निर्भर थिए । चालीस वर्षीय अब्दुल जब्बारले इन्टरनेट अवरोधले आफू र आफ्नी श्रीमतीलाई सेवा प्रयोग गर्नबाट रोकेको बताए । “अन्ततः पिटिआईका अन्य समर्थकहरूले मतदान केन्द्र पत्ता लगाउन सहयोग गरे”, उनले भने । 

मतदान आधिकारिकरूपमा स्थानीय समयानुसार साँझ ५ बजे समाप्त भयो तर अधिकारीहरूले उक्त समयमा मतदान केन्द्रभित्र रहेका जो कोहीलाई पनि आफ्नो मतदान गर्न अनुमति दिइने बताएका छन् । पहिलो नतिजा आधा रातभन्दा पहिला नै आउने अपेक्षा गरिएको छ तर मतदान ढाँचाअनुसार नतिजा शुक्रबार बिहानसम्म आउने सम्भावना छैन । 

उन्चालीस वर्षीय सैयद तसवारले भने, “मेरो मत मैले खसाएको पार्टीका लागि गणना हुन्छ कि हुँदैन भन्ने मलाई एउटामात्र डर छ, गरिबहरूका लागि कसले शासन गरिरहेको छ भन्नेले कुनै अर्थ राख्दैन, हामीलाई मुद्रास्फीति नियन्त्रण गर्न सक्ने सरकारको आवश्यकता छ ।”

पहिलोपटक मतदाता बनेकी मनोविज्ञानकी २२ वर्षीया छात्रा हलिमा शफिकले मतदानको महत्त्वमा विश्वास गरेको बताइन् । “म लोकतन्त्रमा विश्वास गर्छु, म पाकिस्तानमा केटीहरूका लागि सुरक्षित बनाउन सक्ने सरकार चाहन्छु”, उनले भनिन् । मध्य सहर मुल्तानमा आयशा बिबीले आगामी सरकारले ग्रामीण महिलाहरूका लागि धेरै स्कूल उपलब्ध गराउनुपर्ने बताए । “हामी पैदल र फेरि ट्र्याक्टर ट्रेलरमा चढेर यहाँ आएका हौँ, यो अत्यन्त कठिन यात्रा थियो”, उनले भने । 

पहिला नै हिंसाबाट प्रभावित निर्वाचनको सुरक्षाका लागि छ लाख ५० हजारभन्दा धेरै सेना, अर्धसेना र प्रहरी परिचालित गरिएको थियो । निर्वाचन सुरक्षा विवरणहरूलाई लक्षित गरी दुई अलग–अलग आक्रमणमा कम्तीमा सात अधिकारीको मृत्यु भएको थियो । अधिकारीहरूले दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सानो विस्फोटमा दुई जना घाइते भएको बताएका छन् । 

बुधबार प्रान्तको उम्मेदवारहरूको कार्यालयबाहिर भएको दुई बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको र ३० भन्दा धेरै घाइते भएका थिए । इस्लामिक स्टेट समूहले केही घन्टापछि उक्त आक्रमण गरेको दाबी गरेको थियो । 

मोबाइल फोन बन्द गर्नु उचित भएको भन्दै गृह मन्त्रालयका एक प्रवक्ताले भने, “कानून र व्यवस्थाको अवस्था कायम राख्न र सम्भावित खतरासँग सामना गर्न सुरक्षा उपाय आवश्यक छ ।” विदेश मन्त्रालयले सुरक्षा उपायका रूपमा छिमेकी इरान र अफगानिस्तानसँगको भूमि सिमाना पनि बिहीबार सबै यातायातका लागि बन्द गरिने बताएको छ । विश्वको पाँचौँ सबैभन्दा धेरै जनसङ्ख्या अर्थात २४ करोड मानिसको आणविक हतियारयुक्त मुलुकमा निर्वाचनको आँकडा अचम्मको छ । 

निर्वाचनमा करिब १८ हजार उम्मेदवार राष्ट्रिय र चार प्रान्तीय विधानसभाका सिटहरूका लागि उठेका छन् । यसमा दुई सय २६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । अतिरिक्त ७० सिट महिला र अल्पसङ्ख्यकहरूका लागि आरक्षित छन् । क्षेत्रीय संसद्हरूमा सात सय ४९ सिट छन् । 

बिहीबारको निर्वाचनको परिवेश सन् २०१८ को निर्वाचनजस्तै छ तर पासा पल्टिएको छ । सन् २०१८ को निर्वाचनमा भ्रष्टाचारका लागि दोषी ठहरिएका कारण शरिफलाई निर्वाचनमा उम्मेदवारी दिन अयोग्य घोषित गरिएको थियो र खान सेनाको समर्थन र वास्तविक समर्थनका साथ सत्तामा आएका थिए । 

बिहीबार लाहोरको एक विद्यालयमा आफ्नो मतदान गर्दा शरिफले शासन गर्नका लागि सेनासँग कुनै सम्झौता गरेको कुरालाई अस्वीकार गरे । “वास्तवमा मलाई सेनाबाट कुनै पनि समस्या छैन”, उनले भने । 

मतदान समूह ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले पाकिस्तानको निर्वाचनको इतिहास धाँधलीको आरोपले भरिएको तर पक्षपातपूर्ण पनि रहेको बताए । “यो एक व्यवस्थित लोकतन्त्र हो जसलाई सेनाले चलाउँछ”, उनले भने । यसअघिको निर्वाचनविपरीत यस निर्वाचनमा विपक्षी दलको नाम मतपत्रबाट हटाइँदा पिटिआईले चयन गरेका उम्मेदवारहरूले निर्दलीयका रूपमा निर्वाचन लड्न बाध्य हुनुपरेको छ । 

सन् १९९२ को विश्वकपमा पाकिस्तानलाई जिताउने पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर खानलाई गत साता देशद्रोह, भ्रष्टाचार र अवैध विवाहका लागि लामो कारागार सुनाइएको थियो । खानलाई अदियाला कारागारबाट हुलाक मतपत्र पठाउन अनुमति दिइएको पिटिआईका एक अधिकारीले बताए । 

विश्लेषकहरूले चरित्र हत्याले पिटिआईले चयन गरेका उम्मेदवार अझै पनि बिहीबारको मतदानमा निर्णायक साबित हुनसक्छन् भन्नेमा सेना कति चिन्तित छ भन्ने पत्ता लागेको बताएका छन् । यदि शरिफले सत्तारूढ बहुमत जित्नुभएन भने सम्भवतः उहाँले एक वा धेरै साना सहयोगीहरूसँग गठबन्धनमार्फत सत्ता सम्हाल्नेछन ।  यसमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) पनि सामेल छ । पिपिपी अहिले बिलावल भुट्टो जर्दारीको नेतृत्वमा परिवारले चलाएको अर्को वंश हो । 

पर्यवेक्षकहरूका अनुसार जसले जिते पनि उसले अर्थतन्त्र चकनाचुर भएको गहिरोसँग विभाजित मुलुकमाथि कब्जा गर्नेछ । पाकिस्तानमा मुद्रास्फीति करिब ३० प्रतिशतको हाराहारीमा छ । पछिल्लो तीन वर्षदेखि पाकिस्तानी मुद्राको लगातार अवमूल्यन भइरहेको छ र भुक्तानी सन्तुलन घाटाले आयात रोकिँदा औद्योगिक विकास गम्भीररूपमा प्रभावित भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE