Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

खानलाई कारागारमा राखेर पाकिस्तानमा मतदान, मोबाइल नेटवर्क बन्द

खबरडबली संवाददाता

एजेन्सी । धाँधलीको आरोप लागेको निर्वाचनमा लाखौँ पाकिस्तानीले मतदान गरेपछि बिहीबार मतदान केन्द्रहरू बन्द भएका छन् । 

पाकिस्तानी अधिकारीहरूले मतदानको पूरै दिन मोबाइल फोन सेवा निलम्बन गरेका थिए र मुलुकका सबैभन्दा लोकप्रिय राजनेतालाई कारागारमा राखेका थिए । पूर्वप्रधानमन्त्री इमरान खानको कारागार सजाय र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीलाई सैन्य नेतृत्वमा स्थापना गरिएको प्रतिस्थापनले छायाँमा पारेको अभियानपछि मतदान सर्वेक्षकहरूले मुलुकका १२ करोड ८० लाख योग्य मतदाताबाट कम मतदान हुने भविष्यवाणी गरेका छन् । 

बिहीबार भएको मतदानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूले उक्त पार्टीका ७४ वर्षीय संस्थापक नवाज शरिफलाई जनरलहरूको आशीर्वाद प्राप्त भएको बताएका छन् । 

मतदानको अखण्डताका बारेमा चिन्ता व्यक्त गर्दै अधिकारीहरूले बुधबार दुई विस्फोटमा २८ जना मारिएपछि ‘कानून र व्यवस्था कायम गर्न’ मतदान सुरु हुनुभन्दा ठिकअघि मुलुकभर मोबाइल टेलिफोन सेवाहरू निलम्बन गरेका थिए । गैर–नाफामूलक डिजिटल राइट्स फाउन्डेसन चलाउने वकिल निघत ड्याडले उक्त बन्दाबन्दी पाकिस्तानीहरूको लोकतान्त्रिक अधिकारहरूमाथि आक्रमण हो भने । “मोबाइल फोन सेवा बन्द गर्नु राष्ट्रिय सुरक्षा चिन्ताको समाधान होइन, यदि तपाईंले सूचनाको पहुँच बन्द गर्नुभयो भने तपाईंले थप अराजक सिर्जना गर्नुहुन्छ”, उनले भने । 

पाकिस्तानमा मतदाताहरू आफू दर्ता भएको मतदान केन्द्रको पुष्टि गर्नका लागि टेक्स्ट सन्देश सेवामा निर्भर थिए । चालीस वर्षीय अब्दुल जब्बारले इन्टरनेट अवरोधले आफू र आफ्नी श्रीमतीलाई सेवा प्रयोग गर्नबाट रोकेको बताए । “अन्ततः पिटिआईका अन्य समर्थकहरूले मतदान केन्द्र पत्ता लगाउन सहयोग गरे”, उनले भने । 

मतदान आधिकारिकरूपमा स्थानीय समयानुसार साँझ ५ बजे समाप्त भयो तर अधिकारीहरूले उक्त समयमा मतदान केन्द्रभित्र रहेका जो कोहीलाई पनि आफ्नो मतदान गर्न अनुमति दिइने बताएका छन् । पहिलो नतिजा आधा रातभन्दा पहिला नै आउने अपेक्षा गरिएको छ तर मतदान ढाँचाअनुसार नतिजा शुक्रबार बिहानसम्म आउने सम्भावना छैन । 

उन्चालीस वर्षीय सैयद तसवारले भने, “मेरो मत मैले खसाएको पार्टीका लागि गणना हुन्छ कि हुँदैन भन्ने मलाई एउटामात्र डर छ, गरिबहरूका लागि कसले शासन गरिरहेको छ भन्नेले कुनै अर्थ राख्दैन, हामीलाई मुद्रास्फीति नियन्त्रण गर्न सक्ने सरकारको आवश्यकता छ ।”

पहिलोपटक मतदाता बनेकी मनोविज्ञानकी २२ वर्षीया छात्रा हलिमा शफिकले मतदानको महत्त्वमा विश्वास गरेको बताइन् । “म लोकतन्त्रमा विश्वास गर्छु, म पाकिस्तानमा केटीहरूका लागि सुरक्षित बनाउन सक्ने सरकार चाहन्छु”, उनले भनिन् । मध्य सहर मुल्तानमा आयशा बिबीले आगामी सरकारले ग्रामीण महिलाहरूका लागि धेरै स्कूल उपलब्ध गराउनुपर्ने बताए । “हामी पैदल र फेरि ट्र्याक्टर ट्रेलरमा चढेर यहाँ आएका हौँ, यो अत्यन्त कठिन यात्रा थियो”, उनले भने । 

पहिला नै हिंसाबाट प्रभावित निर्वाचनको सुरक्षाका लागि छ लाख ५० हजारभन्दा धेरै सेना, अर्धसेना र प्रहरी परिचालित गरिएको थियो । निर्वाचन सुरक्षा विवरणहरूलाई लक्षित गरी दुई अलग–अलग आक्रमणमा कम्तीमा सात अधिकारीको मृत्यु भएको थियो । अधिकारीहरूले दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सानो विस्फोटमा दुई जना घाइते भएको बताएका छन् । 

बुधबार प्रान्तको उम्मेदवारहरूको कार्यालयबाहिर भएको दुई बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको र ३० भन्दा धेरै घाइते भएका थिए । इस्लामिक स्टेट समूहले केही घन्टापछि उक्त आक्रमण गरेको दाबी गरेको थियो । 

मोबाइल फोन बन्द गर्नु उचित भएको भन्दै गृह मन्त्रालयका एक प्रवक्ताले भने, “कानून र व्यवस्थाको अवस्था कायम राख्न र सम्भावित खतरासँग सामना गर्न सुरक्षा उपाय आवश्यक छ ।” विदेश मन्त्रालयले सुरक्षा उपायका रूपमा छिमेकी इरान र अफगानिस्तानसँगको भूमि सिमाना पनि बिहीबार सबै यातायातका लागि बन्द गरिने बताएको छ । विश्वको पाँचौँ सबैभन्दा धेरै जनसङ्ख्या अर्थात २४ करोड मानिसको आणविक हतियारयुक्त मुलुकमा निर्वाचनको आँकडा अचम्मको छ । 

निर्वाचनमा करिब १८ हजार उम्मेदवार राष्ट्रिय र चार प्रान्तीय विधानसभाका सिटहरूका लागि उठेका छन् । यसमा दुई सय २६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । अतिरिक्त ७० सिट महिला र अल्पसङ्ख्यकहरूका लागि आरक्षित छन् । क्षेत्रीय संसद्हरूमा सात सय ४९ सिट छन् । 

बिहीबारको निर्वाचनको परिवेश सन् २०१८ को निर्वाचनजस्तै छ तर पासा पल्टिएको छ । सन् २०१८ को निर्वाचनमा भ्रष्टाचारका लागि दोषी ठहरिएका कारण शरिफलाई निर्वाचनमा उम्मेदवारी दिन अयोग्य घोषित गरिएको थियो र खान सेनाको समर्थन र वास्तविक समर्थनका साथ सत्तामा आएका थिए । 

बिहीबार लाहोरको एक विद्यालयमा आफ्नो मतदान गर्दा शरिफले शासन गर्नका लागि सेनासँग कुनै सम्झौता गरेको कुरालाई अस्वीकार गरे । “वास्तवमा मलाई सेनाबाट कुनै पनि समस्या छैन”, उनले भने । 

मतदान समूह ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले पाकिस्तानको निर्वाचनको इतिहास धाँधलीको आरोपले भरिएको तर पक्षपातपूर्ण पनि रहेको बताए । “यो एक व्यवस्थित लोकतन्त्र हो जसलाई सेनाले चलाउँछ”, उनले भने । यसअघिको निर्वाचनविपरीत यस निर्वाचनमा विपक्षी दलको नाम मतपत्रबाट हटाइँदा पिटिआईले चयन गरेका उम्मेदवारहरूले निर्दलीयका रूपमा निर्वाचन लड्न बाध्य हुनुपरेको छ । 

सन् १९९२ को विश्वकपमा पाकिस्तानलाई जिताउने पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर खानलाई गत साता देशद्रोह, भ्रष्टाचार र अवैध विवाहका लागि लामो कारागार सुनाइएको थियो । खानलाई अदियाला कारागारबाट हुलाक मतपत्र पठाउन अनुमति दिइएको पिटिआईका एक अधिकारीले बताए । 

विश्लेषकहरूले चरित्र हत्याले पिटिआईले चयन गरेका उम्मेदवार अझै पनि बिहीबारको मतदानमा निर्णायक साबित हुनसक्छन् भन्नेमा सेना कति चिन्तित छ भन्ने पत्ता लागेको बताएका छन् । यदि शरिफले सत्तारूढ बहुमत जित्नुभएन भने सम्भवतः उहाँले एक वा धेरै साना सहयोगीहरूसँग गठबन्धनमार्फत सत्ता सम्हाल्नेछन ।  यसमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) पनि सामेल छ । पिपिपी अहिले बिलावल भुट्टो जर्दारीको नेतृत्वमा परिवारले चलाएको अर्को वंश हो । 

पर्यवेक्षकहरूका अनुसार जसले जिते पनि उसले अर्थतन्त्र चकनाचुर भएको गहिरोसँग विभाजित मुलुकमाथि कब्जा गर्नेछ । पाकिस्तानमा मुद्रास्फीति करिब ३० प्रतिशतको हाराहारीमा छ । पछिल्लो तीन वर्षदेखि पाकिस्तानी मुद्राको लगातार अवमूल्यन भइरहेको छ र भुक्तानी सन्तुलन घाटाले आयात रोकिँदा औद्योगिक विकास गम्भीररूपमा प्रभावित भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending