Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भविष्य निर्माण माविको अक्षयकोषमा ५४ लाख सङ्कलन

खबरडबली संवाददाता

गण्डकी । विद्यालयको बस सेवालाई व्यवस्थित गर्न यहाँको एक सामुदायिक विद्यालयले सुरु गरेको अक्षयकोषमा रु ५४ लाख चार हजार आठ सय ४५ सङ्कलन भएको छ ।

पोखरा महानगरपालिका–२१ कृष्तिनाच्नेचौरस्थित भविष्य निर्माण माविले बस सेवा सञ्चालनलाई दिगो बनाउने लक्ष्यका साथ दुई वर्ष अघि सुरु गरेको कोषमा उक्त रकम सङ्कलन भएको हो । रु एक करोड सङ्कलन गरी त्यसैको ब्याजबाट बस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ सुरु गरिएको कोषमा रोजगारीका लागि विदेशमा रहेका यस क्षेत्रका युवा एवं विभिन्न पेशा व्यबसायमा आबद्ध स्थानीय सामाजिक व्यक्तित्वबाट स्वस्फुर्त रकम सङ्कलन भएको अक्षयकोष वृद्धि समिति संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिए । 

विद्यार्थी सुविधाका लागि अहिले एउटा बस सञ्चालन हुँदै आएको छ निकट भविष्यमा अर्को थप गर्ने सोच रहेको बताउँदै उनले समाजका विपन्न एव असहाय वर्गको शिक्षा आजर्नको थलो बनेको यस विद्यालयको अक्षयकोषमा सक्दो सहयोग गरेर पुण्यको काममा सहभागी बन्न सबैमा अनुरोध गरे । 

बसाइँसराइको कारण गाउँ रित्तिदै जानु र निजी विद्यालयका बस घरघर पुग्ने गरेको कारण विद्यार्थीको अभाव भएपछि विद्यालयले एक वर्षदेखि भाडामा लिएर एउटा बस सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए । 

“पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउनका लागि पक्कि बाटोको पहुँच पुगेको छ”, उनले थपे, “यतिखेर बक्रेक, निर्मलपोखरी र वयली लगायतका क्षेत्रमा विद्यार्थीलाई बिहान र बेलुका बस सेवा पुगेको छ ।” विसं २००९ सालमा पुर्खाले स्थापना गरेको विद्यालयलाई दिगोरुप दिनका लागि सुरु गरेको अक्षयकोष वृद्धि कार्यक्रममा शिक्षाप्रेमीबाट भएको सहयोगले उत्साह थपेको उनको भनाइ छ ।

“गुणस्तरीय शिक्षामा जोड दिँदै बस सेवा सुरु भएपछि विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ”, उनले भने, “व्यवस्थापन विषयमा दशजोड दुईको पढाइ भइरहेको विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।” 

“विभिन्न चारवटा पक्की भवनमा २४ कोठा छन्, कक्षा दशसम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेका छन्”, उनले भने, “चालु आवमा भारतीय राजदूतावासबाट एउटा बस प्राप्त गर्ने सहमति भइसकेको छ ।” प्रत्येक कक्षाकोठा निगरानी लागि सिसीक्यामेरासहित प्रोजेक्टरको व्यवस्था गरिएको बताउँदै अध्यक्ष भुजेलले भने, “आइसिटी प्रविधिमा पठनपाठन भइरहेको छ । विदेशी तथा रोजगारीका लागि विदेशमा रहेको सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको हो ।”
 
वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले स्वस्फुर्त आर्थिक सहयोग गरेका थिए । सो अवसरमा रु ८० हजार बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending