नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन् ।
नुवाकोटको विदुरमा शुक्रबारदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पारे ।
“अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्”, उनले भने, “देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ ।”
तेह्र महिनाअघि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा कमजोर भएपनि अशिले अर्थतन्त्रमा निकै सुधार भएकाले यही क्रम रहेमा विस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने प्रधानमन्त्री दाहालको विश्वास छ ।
“अहिले बैंकको ब्याजदर घट्दै गएको छ । पर्यटनको आवागमनमा सुधार तथा राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि हुँदै विदेशी मुद्राको सञ्चिती इतिहासमा नै सुधार गरेर एक वर्षलाई पुग्ने बनाएका छाैँ, उनले भने, “रेमिट्यान्समा ३० प्रतिशत वृद्धि, जग्गाको कारोबार चलायमान र जलवायु परिवर्तनको कारण पुगेको असरलाई प्रतिरक्षा गर्न प्राप्त अन्तर्राष्ट्रिय सहयोगको आकार बढाउँदै ल्याएकाले कमजोर बनेको अर्थतन्त्र लयमा फर्किएको हो ।”
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणको कार्य प्रारम्भ भएकाले सुध्रिएको अर्थतन्त्रको कारण उत्पादन, रोजगार र जनमुखी बजेट ल्याउन केन्द्रित हुने प्रधानमन्त्री दाहालले उल्लेख गरे ।
उत्पादन र रोजगारका निमित्त कृषि क्षेत्रको विकासलाई आधुनिकीकरणतर्फ लम्काउने प्रयासमा वर्तमान सरकार सक्रियरूपमा लागिरहेको उनको भनाइ थियो । पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीन र भारतीय समकक्षीसँग छलफल भइरहेकाले देशको विकास र समृद्धि छिट्टै नयाँ चरणमा प्रवेश गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: