Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पाकिस्तानमा कुनै दलले ल्याएनन् बहुमत, जेलबाटै इमरान खानले नतिजा उलटफेर पार्दिएपछि अब के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको आम चुनावमा अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन्।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जित हासिल गरेका छन्।

तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्। समाचारहरूका अनुसार शरिफको पीएमएल-एन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ।

आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ। तर पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन्। जेनरल असिम मुनिरले एउटा स्थिर नेतृत्व आवश्यक रहेको बताए।

धेरैतिर इमरान खान समर्थक उम्मेदरवारको जित

एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्।

उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।

उक्त सन्देशमा भनिएको छ: "म तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ...तपाईँहरूले इतिहास रच्नुभएको छ।"

खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्।

पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूको जित अनपेक्षित खालको छ। किनकि त्यहाँ कैयौँ विज्ञहरूले शरिफलाई देशको शक्तिशाली सेनाको साथ रहेको बताउँदै आएका थिए।

तर चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।

नवाज शरिफको दल 'प्राविधिक रूपमा ठूलो'

त्यसैले प्राविधिक रूपमा शरिफको पाकिस्तान मुस्लिम लीग (नवाफ) वा पीएमएल-एल नै औपचारिक रूपमा सबैभन्दा ठूलो राजनीतिक दल हो।

राजनीतिक जोडघटाउ र सांसदहरूलाई आफ्नोतर्फ तान्ने प्रयास जारी रहँदा कसैले पनि तत्कालै पूर्ण रूपमा आफ्नो जित दाबी गरिहाल्ने अवस्था देखिँदैन।

शुक्रवारको भाषणमा शरिफले आफू एक्लैले सरकार गठन गर्ने अवस्था नरहेको स्वीकार गरेका थिए।

तर आफ्नो पार्टी मुख्यालयबाहिर लाहोरमा समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा उनले अन्य उम्मेदवारहरूलाई आफ्नो गठबन्धनमा सहभागी हुन आग्रह गरे।

शरिफले आफूले देशलाई कठिन परिस्थितबाट बाहिर निकाल्न सक्ने समेत बताए।

बीबीसीको न्यूजनाइट कार्यक्रमसँग बोल्ने क्रममा शुक्रवार इमरान खानका पूर्व विशेष सहयोगी जुलिफकर बुखारीले भने: "इमरान खानलाई बुझे अनुसार र हाम्रो राजनीतिक दल पीटीआईमा व्यक्त भावनालाई बुझे अनुसार, मलाई लाग्दैन हामीले कुनै गठबन्धन बनाउँछौँ न त अन्य पार्टीसँग मिलेर सरकार बनाउँछौँ।"

उनले थपे: "यद्यपि हामीले...संसदमा रहनका लागि, एउटा गठबन्धन बनाउँछौँ, स्वतन्त्र उम्मेदवारका रूपमा नभइ एउटै ब्यानरमुनि, एउटै पार्टीका रूपमा।"

बहुमत ल्याउन कति चाहिन्छ?

त्यहाँको न्याश्नल असेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ। पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्।

राष्ट्रियसभा भनिने सङ्घीय संसद्‌सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५,००० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।

धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

धेरै विश्लेषकहरूले पाकिस्तानको पछिल्लो निर्वाचनलाई हालसम्मकै कम विश्वसनीय आम चुनाव भनिरहेका छन्।  बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending