सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् ।
आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’
मन्त्री राईतिर हेर्दै केन्द्रीय सरकारको ध्यान दिलाउन मात्र फोटो हटाएको बताउँदै उनले अब चाँडै राख्छु भनेका हुन् । सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उनले, ‘केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै राख्ने बताए ।
सङ्घीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठुलो योजना ल्याउनु पर्ने उनले बताए । आफूले धेरैतिरको पानी ल्याउँदा पनि नपुगेपछि केराबारी पुगेकोमा त्यहाँबाट पानी नदिएको सुनाउँदै भने, ‘समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्छ ।’
धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएकाले त्यसको लागि केन्द्र सरकार योजना चाहिएको उल्लेख गरे । उनले भने, ‘हामीले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्दै छौँ त्यसमा सरकारी सहयोग चाहिएको छ । धरानको विकास गर्ने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो ।’
धरान कृषिमूलक सहर नरहेर आवासीय सहर भएकोले त्यसै अनुसारको योजनाहरू आवश्यक भएको उनले बताए । सरकारबाट सहरको वर्गीकरणका लागि सुझाव माग भएकोमा यहाँका विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय सहर भएको लिखित सिफारिस पठाइएको मेयर हर्क साम्पाङले बताए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: