कास्की । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गरेका थिए ।
प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै आज सारङ्गीको विकसित रूप चार तारसम्म आइपुगेको बताए । ऐतिहासिक महत्त्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उनले बताए ।
नेपाली लोक भाकामा प्रयोग गरिने सारङ्गी बाजा मात्र नभई व्यवसाय पनि भएको उल्लेख गर्दै उनले नयाँ पिँढीले यसको संरक्षण प्रवर्द्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्ने आवश्यकता औँल्याए ।
प्रशिक्षणका सहजकर्ता सम्मरबहादुरले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिँढीलाई आकर्षण गरेको बताए । प्रशिक्षणका लागि एक महिनाको समयावधि कम भएको भन्दै उनले यस्ता प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताउँदै पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेशभूषा र संस्कृतिप्रति उदासीन बन्दै गइरहेको जनाउँदै चिन्ता व्यक्त गरे ।
हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रशिक्षणले नयाँ पुस्तामाझ सारङ्गी बाजाको महत्वलाई उजागर गरेको बताए । प्रशिक्षण गत पुस २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: