Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

वर्षौंदेखि चर्चामा आएर ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि रु छ करोड ४० लाख विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन् ।

छैहत्तर योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका जनाइएको छ । ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन् । यसका लागि रु दुई करोड ३५ लाख विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । जैमिनी नगरपालिकामा १३ योजना परेका छन् । यसका लागि रु ९५ लाख विनियोजन भएको छ ।

काठेखोला गाउँपालिकामा १५ योजनाका लागि रु ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि रु ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको भनाइ छ । उनका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजना परेका छन् । जसका लागि ३० लाख विनियोजन भएको छ । निसीखोला गाउँपालिकामा तीन वटा योजना छन् भने रु ३० लाख बजेट विनियोजन भएको छ ।

ढोरपाटन नगरपालिकामा चार योजनाका लागि रु २५ लाख, ताराखोलामा तीन वटा योजनाका रु ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि रु २५ लाख, तमानखोलामा एउटा योजनाका लागि रु १० लाख बजेट विनियोजन भएका छन् । प्रमुख थापाले सबै योजना कार्यान्वनका लागि पालिकामै पुगेर उपभोक्ता समितिसँग सम्झौता गरेको जनाउँदै अझै केही बाँकी रहेकोमा केही समयमै सक्ने बताए । केही योजना सम्पन्न भइसकेको उनको भनाइ छ । 

प्रमुख थापाले भने, “योजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै गएका छौँ, अधिकांश योजना सम्झौता भएर धमाधम काम भइरहेका छन्, यही गतिमा काम हुँदै गए, असार मसान्तअगावै सबै योजना सकिने सम्भावना देखिन्छ, केही योजना त सम्पन्न पनि भइसके, १० वटै पालिकामा थोरै धेरै योजना छन्, हामीहरुले अनुगमन गर्ने र कामको गुणस्तर पनि हेरि रहेका छौँ ।”

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटनबाटै जिल्लामा समृद्धि हासिल गर्न सकिने हुँदा सबै ठाउँमा पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको बताए । यस वर्ष बागलुङलगायत गण्डकीका ११ वटै जिल्लामा पदमार्गलाई मुख्य प्राथमिकता दिएको उनको भनाइ छ । सडकले गर्दा पर्यटकको बसाइँ छोटिने हुँदा पदमार्ग निर्माणमा जोड दिएको मन्त्री थापाले बताए । पर्यटन मन्त्रालयले ओझेलमा रहेका गन्तव्यको पहिचान गरी प्रवद्र्धन र प्रचारप्रसार गर्न थालेको उनको भनाइ छ । 

अझैसम्म धेरै पर्यटकीय ठाउँमा पुग्न समस्या छ, कतै सडक छैन, कतै पदमार्ग छैनन् त कतै अन्य संरचना बन्न सकेका छैनन्, ती गन्तव्यमा भौतिक संरचना निर्माण गर्ने र प्रचारप्रसारलाई तीव्रता दिन मन्त्रालय लागि परेको उनले बताए । , यस वर्ष बागलुङसहित ११ वटै जिल्लामा पदमार्गको अवधारणा लिएर काम गरि रहेको उनको भनाइ छ ।

मोटरबाटोले पुराना संरचना ध्वस्त बनाएको र मौलिकता गुमाएको छ भने बाहिरबाट आउने पर्यटकलाई धेरै दिन रोक्न नसकेको उनले बताए । उनले भने– अब पदमार्गलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ, त्यही हिसाबले हामीहरु काम गर्न लागि रहेका छौँ ।     
     
जिल्लामा परेको ७६ योजनामध्ये करिब ९५ प्रतिशत पदमार्गका छन् भने केही पाटी पौवा र सत्तल छ । पदमार्गलाई व्यवस्थित र पक्की बनाइने पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाटअवैध लागूऔषधसहित  सात जना पक्राउ गरेकाेम छ ।  पर्साकाे वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा ...

गायक विजय घिमिरे र जे अथरको नयाँ गीत “किच किच” सार्वजनिक

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक भएको छ। आर. एन. बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संय...

गायक विनोद राईको‘परदेशी जिन्दगी’ सार्वजनिक

काठमाडाैं ।  गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन...

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शन...

एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं  । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल ने...

संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छः सांसद सर्वेन्द्रनाथ शुक्ला

नेपालगञ्ज । संसदीय व्यवस्था लोकतन्त्रको सिद्धान्त र मर्मअनुसार चल्नुपर्ने हो । यसमा प्रतिपक्षको भूमिका संसद् भित्र बढी हुन्छ र सरकारको जिम्मेवारी संसद...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको अस...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

गण्डकी  ।  लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्था...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएनः व्यवसायी लक्ष्मण गुरुङ

गोरखा ।  गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्र...

काठमाडौंको वायु अझै अस्वस्थ, सतर्कता अपनाउन वातावरण विभागकाे अनुरोध

काठमाडौं। आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies