काठमाडौं । माओवादी घटक दलहरुले फागुन १ गते देशैभर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गरेको दिनलाई माोवादी घटकहरुले हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएका छन् ।
माओवादीबाट विभाजित भएका पार्टीहरुले समेत फागुन १ गते २९ औँ जनयुद्ध दिवस मनाउँदै छन् । फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको मोहन बैद्य नेतृत्वमा नेकपा क्रान्किारी माओवादीका नेता हरि श्रेष्ठले बताए । यसैगरी विप्लव नेतृत्वको नेकपाले पनि देशभर जनयुद्ध दिवस मनाउने निर्णय गरेको एक नेताले बताए ।
मूल पार्टी माओवादी केन्द्रले पनि फागुन १ गते देशभरी भव्य कार्यक्रमको आयोजना गर्दै जनयुद्ध दिवस मनाउन लागेको पार्टी कामर्यालयले जनाएको छ । देशभर पार्टी कार्यालय तथा सुला सभाका रुपमा जनयुद्ध दिवस मनाउने तयारी भई रहेको जनाइएको छ । एक आपसमा शुभकामना आदानप्रदान गर्दै जनयुद्धले ल्याएका परिवर्तनलाई संस्थागत गर्दै जाने विषयमा बहस छलफल गर्ने माओवादी घटकहरुले बताएका छन् ।
माओवादी घटक राजनितीकदलले फागुन १ गते आ–आफ्नो अनुकूलतामा प्रदेश, जिल्ला र पालिकामा जनयुद्ध दिवस मनाउने बताएका छन् । आ आफ्नो आवश्यकतामा सभा, सम्मेलन, गोष्ठी, कविता, खेलकुद लगायत रचनात्मक क्रियाकलाप गरि भोली फागुन एक गते देशभर जनयुद्ध दिवसको तयारी भइ रहेको सबै पार्टीहरुले बताएका छन् ।
धरानमा जनयुद्ध दिवशको अवसरमा विविध कार्यक्रम गरिँदै
जनयुद्ध दिवशको अवसरमा भोलि (मंगलबार) धरानको भाानुचोकमा रक्तदान कार्यक्रम हुँदै छ । धरानमा १३ सहिद परिवार र ३ बेपत्ता परिवार बस्दै आएका छन् । उनीहरूको अवस्था बुझ्दै अन्तरक्रिया गरिने रक्तदानसहित सहिदको परिवारलाई सम्मानित गरिने मूल आयोजक समितिका संयोजक उद्दब लिम्बूले जानकारी दिए ।
उनका अनुसार साँझ दीप प्रज्ज्वलन गरिने भएको छ । सहिदको सम्मान साथै जनयुद्धको स्मरणका लागि दीप प्रज्ज्वलन गरिने भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: