पोखरा । पोखरामा आयोजित खुला नेपाल स्नोकर प्रतियोगिताको उपाधि इटहरीका आयुष गौतमले जितेका छन् ।
फाइनल स्कोर स्पोर्टस् बारमा भएको फाइनलमा काठमाडौंका वाङचु तामाङलाई ७–५ सेटमा पराजित गर्दै उनले उपाधिसहित १ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता तामाङले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
तामाङले भने १३२ को टेबल क्लियरेन्स गरी हाइस्ट ब्रेकसहित रेकर्ड कायम गरेको फाइनल स्कोर स्पोर्टस् बारका अध्यक्ष सोम बिकले बताए । उक्त रेकर्ड यसअघि काठमाडौंका राजन लामाको नाममा ९११०० थियो ।
२१ वर्षीय गौतम काठमाडौंको एसके कलेजमा स्नातक तेस्रो वर्षमा पढ्छन् । गत वर्ष काठमाडौंमै आयोजित राष्ट्रिय स्नोकर प्रतियोगितामा समेत उनी विजेता हुन् । ८ वर्षदेखि खेल क्षेत्रमा लागेका उनी एसियन च्याम्पियनसिप २०७९ र भारतमा भएको यु–१९ स्नोकरमा भाग लिएका थिए ।
सेमिफाइनलिस्ट काठमाडौंका राजन लामा र रेगन श्रेष्ठलाई जनही २० हजार साथमा पुरस्कार दिइयो । गत १३ माघदेखि सञ्चालन भएकोे प्रतियोगितामा देशभरबाट १ सय २३ जना खेलाडीले भाग लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८१ - १३:३२
मनाङ। पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम...
माघ ६ गते, २०८१ - १३:२८
भीम रावलको पछि लाग्ने पूर्वमन्त्रीसहित २ जना कारबाहीमा
माघ ६ गते, २०८१ - १२:०१
म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउ...
माघ ६ गते, २०८१ - ११:५८
पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी ...
माघ ६ गते, २०८१ - ११:३७
बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेक...
माघ ६ गते, २०८१ - ११:३५
काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उ...
माघ ६ गते, २०८१ - ११:२७
काठमाडौं । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगिता...
माघ ६ गते, २०८१ - ११:२०
काठमाडौं । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी केहीबेरर अघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको...
माघ ६ गते, २०८१ - ११:१३
'अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुन्छ'
माघ ६ गते, २०८१ - ११:०९
काठमाडौं । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प...
प्रतिकृया लेख्नुहोस्: