चितवन । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।
मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् ।
सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो । रेष्टुराँ एण्ड बार एशोसियशन नेपाल ९रेवान० सौराहाका अध्यक्ष धुव्र गिरीले भने, “यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकको चाप देख्दा हामी उत्साहित भएका छौँ ।” उनले यस क्षेत्रको विकासका लागि बसपार्कसम्म पुग्ने सडकमार्गमा ‘डालो लाइट’ जडान गरी ‘नाइट म्युजिकल लाईफ’को सुरुआत गर्न १८औँ फुड फेष्टिवलले सहयोग गर्ने बताए ।
अब सौराहामा नाइट लाइफ हेर्न बसपार्क साइड, प्रकृतिक सौन्र्दयमा रमाउन रिभर साइड क्षेत्रलाई सौन्दर्यकरण गर्ने रेवानले घोषणा गरेको बताउँदै गिरीले फुड फेष्टिवललगत्तै काम सुरु गरिने जानकारी दिए। उनका अनुसार सौराहामा फुड फेष्टिवल लक्षित गरी ८० प्रतिशत होटल बुक भइसकेका छन् ।
“नयाँ ठाउँ छनोट गरेका दर्शक र पर्यटक आउँदैन् कि भनेर सोचेका थियौँ । फेष्टिवलको पहिलो दिनमा नै र्यालिदेखि फेष्टिवल परिसरमा खानाको स्वाद लिन पर्यटकको घुइँचो देख्दा हार्षित छौँ”, गिरीले भने । अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा कमि हुन्छ कि भने चिन्तामा रहेका सौराहाका पर्यटन व्यवसायीलाई फुड फेष्टिवलसँगै बढेको पर्यटकीय चलहपहलले निकै उत्साहित बनाएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको पर्यटनलाई पुन:गतिशील बन्ने सङ्केत दिएको पर्यटन व्यवसायी वासु ढुङ्गानाले बताए । सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको रेवानका महासचिव नवीन नेपालले बताए । फेष्टिवलमा नयाँनयाँ स्थानीय परिकारका खानाको स्वादमा पर्यटक खुसी देखिएका उनको भनाइ थियो ।
सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश तथा विदेश ‘घुमौँ सौराहा अभियान’ लिएर जाने योजना रहेको अध्यक्ष गिरीले बताए । “चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपालसम्म उक्त अभियान लिएर प्रचारप्रसारमा जाने योजना बनाएका छौँ”, उनले भन्नुभयो । अध्यक्ष गिरीले सडक पूर्वाधार राम्रो नहुनु, हवाई यातायात महँगो हुनुलगायत कारणले पर्यटकको सङ्ख्या बढ्न नसकेको गिरीको भनाइ थियो ।
सौराहामा मात्रै साना–ठूला गरी एक सय ४० बढी होटल सञ्चालित छन् । दैनिक सात हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगानीमा होटल तथा रेष्टुराँ खुल्ने क्रम जारी छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटक बढी आउने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
सौराहाका साथै निकुञ्जसँग जोडिएका पटिहानी, जगतपुर, मेघौलीलगायत स्थानमा पर्यटकको आगमन बढेको निकुञ्जले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा घुइँचो हुने गर्दछ । गतवर्ष स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...
फाल्गुन ३० गते, २०८२ - १२:०१
गुल्मी। गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अ...
फाल्गुन ३० गते, २०८२ - ११:४०
घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...
फाल्गुन ३० गते, २०८२ - ११:३२
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ल...
फाल्गुन ३० गते, २०८२ - ११:२१
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बन...
फाल्गुन ३० गते, २०८२ - १०:३८
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ ...
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...


प्रतिकृया लेख्नुहोस्: