Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

उदयपुरका तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको दिन सार्वजनिक विदा

खबरडबली संवाददाता

उदयपुर । नेकपा (माओवादी केन्द्र) को नेतृत्व रहेका उदयपुरको तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको दिन सार्वजनिक विदा दिइएको छ । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपनि माओवादीकाे नेतृत्व रहेका उदयपुरका ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । 

गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि तीन गाउँपालिकाले सूचना जारी गर्दै विदा दिएका छन् । 

ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले जारी गरेको सूचनामा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा संविधानको पुर्नलेखन गर्ने कार्यमा महत्पूर्ण योगदान गर्न सफल भएको दश वर्षे जनयुद्धको सुरुवात भएको दिन फागुन–१ गतेलाई मन्त्री परिषद्को निर्णय बमोजिम जनयुद्ध दिवस मनाउने गरी विदा दिइएको छ ।’

यसैगरी रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले जारी गरेको सूचनामा उल्लेख गरिएका अनुसार ‘जनयुद्ध’ दिवसको दिन  फागुन १ गते पालिकाभरी सार्वजनिक विदा दिइएको छ । पत्रमा भनिएको छ, ‘२०८० फागुन १ का दिन जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञात महान सहिदहरुप्रति सम्मान स्वरुप यस गाउँपालिका अन्तर्गत सम्पूर्ण सरकारी निकाय, विद्यालय तथा सार्वजनिक संघसँस्थाहरुलाई सार्वजनिक विदाई दिइने भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’  

यसैगरी उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत योगेन्द्रराज गुरुङले एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएका छन् । गुरुङले जारी गरेको पत्रमा भनिएको छ, ‘यस गाउँपालिकाका श्रद्धेय अध्यक्ष ज्यूको मिति २०८०/१०/२५ गतेको अध्यक्षस्तरीय निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा लिम्चुङबुङ गाउँपालिकाभरि विदा दिने निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ताप्ली गाउँपालिकामा ढुंगराज विक, रौतामाईमा वीरेन्द्रकुमार मगर र लिम्चुङबुङ गाउँपालिकामा मेजरकुमार राईले माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा जितेका छन् । तिनै जितेका गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ । 

माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवसले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिनु जनयुद्धप्रति सम्मान भएको बताए । उनले भने, ‘इतिहासमा जनयुद्ध दिवस भनेको अहिलेको परिर्वतनको जग हो । हामीले भुलेर इतिहास भुल्न सक्दैनौं । जनयुद्ध दिवसको दिन पालिकाहरुले दिएको सार्वजानिक विदा पनि  सर्वोच्चको निर्णयप्रतिको विद्रोह हो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE