उदयपुर । नेकपा (माओवादी केन्द्र) को नेतृत्व रहेका उदयपुरको तीन गाउँपालिकामा ‘जनयुद्ध’ दिवसको दिन सार्वजनिक विदा दिइएको छ । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपनि माओवादीकाे नेतृत्व रहेका उदयपुरका ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् ।
गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि तीन गाउँपालिकाले सूचना जारी गर्दै विदा दिएका छन् ।
ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले जारी गरेको सूचनामा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा संविधानको पुर्नलेखन गर्ने कार्यमा महत्पूर्ण योगदान गर्न सफल भएको दश वर्षे जनयुद्धको सुरुवात भएको दिन फागुन–१ गतेलाई मन्त्री परिषद्को निर्णय बमोजिम जनयुद्ध दिवस मनाउने गरी विदा दिइएको छ ।’
यसैगरी रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले जारी गरेको सूचनामा उल्लेख गरिएका अनुसार ‘जनयुद्ध’ दिवसको दिन फागुन १ गते पालिकाभरी सार्वजनिक विदा दिइएको छ । पत्रमा भनिएको छ, ‘२०८० फागुन १ का दिन जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञात महान सहिदहरुप्रति सम्मान स्वरुप यस गाउँपालिका अन्तर्गत सम्पूर्ण सरकारी निकाय, विद्यालय तथा सार्वजनिक संघसँस्थाहरुलाई सार्वजनिक विदाई दिइने भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसैगरी उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत योगेन्द्रराज गुरुङले एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएका छन् । गुरुङले जारी गरेको पत्रमा भनिएको छ, ‘यस गाउँपालिकाका श्रद्धेय अध्यक्ष ज्यूको मिति २०८०/१०/२५ गतेको अध्यक्षस्तरीय निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा लिम्चुङबुङ गाउँपालिकाभरि विदा दिने निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
ताप्ली गाउँपालिकामा ढुंगराज विक, रौतामाईमा वीरेन्द्रकुमार मगर र लिम्चुङबुङ गाउँपालिकामा मेजरकुमार राईले माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा जितेका छन् । तिनै जितेका गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ ।
माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवसले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिनु जनयुद्धप्रति सम्मान भएको बताए । उनले भने, ‘इतिहासमा जनयुद्ध दिवस भनेको अहिलेको परिर्वतनको जग हो । हामीले भुलेर इतिहास भुल्न सक्दैनौं । जनयुद्ध दिवसको दिन पालिकाहरुले दिएको सार्वजानिक विदा पनि सर्वोच्चको निर्णयप्रतिको विद्रोह हो ।’



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: