Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

गाजा युद्ध तथा लालसागर आक्रमणले वैश्विक अर्थतन्त्र खतरामा

खबरडबली संवाददाता

दुबई । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्वबैंकले गाजा युद्ध र लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित आक्रमणले वैश्विक अर्थतन्त्रलाई खतरामा पारेको सोमबार चेतावनी दिएका छन् । 

आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अक्टोबरदेखि जारी इजराइल–हमास युद्धले पहिला नै मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारेको बताए । उनले दुबईमा व्यापार र राजनीतिक नेताहरूको वार्षिक सभा वर्ल्ड गभर्नमेन्ट्स समिटमा युद्ध लामो समयसम्म जारी रहे यसको असर विश्वमा पर्नसक्ने बताए ।

“मलाई द्वन्द्व लामो समयसम्म चल्छ भन्ने डर छ किनकी यदि युद्ध जारी रह्यो भने यो फैलिने खतरा बढ्नेछ”, उनले भने, “अहिले हामीले स्वेज नहरमा खतरा देखिरहेका छौँ किनकी यमनका इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण सामुद्रिक मार्गतर्फ जाने लाल सागरका जहाजमा आक्रमण गरेका छन् ।”

हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा इजराइलसँग सम्बन्धित ढुवानीलाई निशाना बनाइरहेको बताएका छन् । यसबाट केही मालवाहक जहाज आक्रमणबाट बच्नका लागि लामो र धेरै महँगो मार्गहरू प्रयोग गर्न बाध्य भइरहेका छन् । 

गत महिनाको अन्त्यमा व्यापार तथा विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले स्वेज नहर हुँदै व्यापारिक यातायातको मात्रा पछिल्ला दुई महिनामा ४० प्रतिशतभन्दा धेरैले घटेको चेतावनी दिएको थियो । जर्जिएभाले युद्धका सन्दर्भमा अन्य परिणाम छन् भने यो सम्पूर्ण विश्वका लागि थप समस्याग्रस्त हुनसक्ने बताए । एक व्यक्तिगत टिप्पणीमा उनले भने, “एक महिलाका रूपमा एक आमा, हजुरआमाका रूपमा म शान्तिका लागि प्रार्थना गर्दछु ।”

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको आक्रमणको प्रतिशोधमा गाजा पट्टीले चार महिनाभन्दा लामो अवधिदेखि तीव्र इजराइली आक्रमणको सामना गर्नुपरिरहेको छ । युद्धसम्बन्धी अनिश्चितताहरूका बावजुद जर्जिएभाले भने, “विश्व अर्थतन्त्र अब हामीले सपना देखेको नरम अवतरणका लागि तयार भएकामा आइएमएफ विश्वस्त छ ।”

प्रमुख अर्थतन्त्रहरूमा ब्याजदरहरूमा कटौतीका बारेमा सोधिएको प्रश्नमा उनले भने, “मध्य वर्षासम्म ब्याजदरहरू गत वर्षको मुद्रास्फीतिको दिशामा जाने अपेक्षा गरेको छु ।” “गाजामा जे भइरहेको छ, तर युक्रेनको चुनौती र लाल सागर पनि वैश्विक आर्थिक दृष्टिकोणका लागि शीर्ष चुनौतीमध्ये एक हुन्”, शिखर सम्मेलनमा विश्वबैंकका अध्यक्ष अजय बङ्गाले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending