काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् ।
पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।
जसअनुसार समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा टोली नेता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती टोली नेता चयन भएको एक प्रतिनिधिले जानकारी दिए ।
यस्तै समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ टोली नेता चयन भएका छन् ।
यसैगरी समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । टोली नेताहरुले समूहमा छलफल गरेर हलमा निष्कर्ष पेस गर्नेछन् । समूहमा प्रज्ञा हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल हुनेछ । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: