Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भक्तपुरमा तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिता हुने

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी गराइयो । 

प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमै हुनेछ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए । 

प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए । खेल अवधिभर खेलाडीहरूको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए ।

पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष  तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे ।

प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । 

प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ । भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । 

टिमले पहिलो पटक  २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलाबामामा गोली चल्दा चार जनाको मृत्यु, दर्जनौँ घाइते

वासिङ्टन । अमेरिकी राज्य अलाबामामा एक सशस्त्र समूहले भीडमा गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्रहरीले शनिबार जनाएको...

आज नेपाल क्यानडासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटीमा नेपाली स...

अवरुद्ध ढल्केबर-जनकपुर सडकखण्ड सुचारु

धनुषा । आइतबार बिहानदेखि अवरुद्ध धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सुचारु भएको छ । सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थीको शङ्कास्पद मृत्युको घटनालाई ...

संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई...

ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति ...

काम गरेर जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...

'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप' उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy