Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

बाइडेनको आग्रहका बावजुद अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाका सभामुखले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मङ्गलबार युक्रेनका लागि युद्ध सहायता रोकेका छन् । 

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनका सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निकट रहेर काम गर्ने सभामुख माइक जोनसनले आफूले विधेयकमाथिको मतदानलाई अगाडि बढाउने कुनै मनसाय नरहेको बताए । “मैले पक्कै पनि दिने छैन,” उनले भने । 

उक्त विधेयक मङ्गलबार सिनेटमा पारित भएको थियो । यसमा मुख्यतया पश्चिमसमर्थक युक्रेनको सुरक्षाका साथै इजरायल र ताइवानको शीर्ष अमेरिकी रणनीतिक प्राथमिकताहरूको लागि ९५ अर्ब अमेरिकी डलरको कोष समावेश छ ।

ह्वाइट हाउसमा बाइडेनले अमेरिकी सहयोगी राष्ट्रलाई सहयोग गर्नु र विशेषगरी युक्रेनले दुई वर्षदेखि जारी रूसी आक्रमणलाई रोक्न सङ्घर्ष गरिरहेको अवस्थामा सहयोग गर्नु आधारभूत जिम्मेवारी भएको बताए । “इतिहासले चिहाइरहेको छ,” बाइडेनले टेलिभिजनमा पाँच पटक उक्त वाक्यांश दोहोर्‍याउँदै भने । “यो विधेयकको समर्थन गर्नु पुटिनको विपक्षमा उभिनु हो । यसको विरोध गर्नु पुटिनको हातमा खेल्नु हो,” डेमोक्र््याटिक पार्टीका नेता तथा अमेरिकी राष्ट्रपति बाइडेनले भने । 

पूर्व राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबद्धता पूरा गर्न असफल भएका नेटो सदस्यराष्ट्रहरूमाथि आक्रमण गर्न रूसलाई प्रोत्साहित गरेपछि राष्ट्रपति बाइडेनले ट्रम्पको पनि आलोचना गरेका थिए । राष्ट्रपति बाइडेनले भने, “भगवान्लाई साक्षी राखेर बोल्नुपर्छ, बास्तवमा यो मूर्ख र लाजमर्दो कुरा हो । यो खतरनाक छ । यो गैर–अमेरिकी निर्णय हो,” बाइडेनले भने । “दुई पटक महाभियोग लागेका ट्रम्पले पश्चिमी सैन्य गठबन्धनलाई ‘प्रोटेक्सन र्‍याकेट’का रूपमा हेरेका छन् । 

उनले थपे, “अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले रूसी ‘अधिनायकवाद’सामु झुकेका छैनन् ।”
संसद् (अमेरिकी कङ्ग्रेस) मा रहेको अस्तव्यस्तताका कारण युक्रेनलाई दिने अमेरिकी सहयोग महिनौंदेखि ठप्प भएको छ भने युक्रेनी नेताहरूले बढ्दो रूसी आक्रमणको सामना गर्न मद्दतको याचना गरिरहेका छ ।

सिनेटको ९५ अर्ब डलरको प्याकेजमा इजरायली सेना र ताइवानका लागि आर्थिक सहयोग समावेश गरिएको छ तर ६० अर्ब अमेरिकी डलरको ठूलो हिस्साले युक्रेनलाई गोलाबारुद आपूर्ति, हतियार र अन्य महत्वपूर्ण आवश्यकताहरूको पुनः भण्डारण गर्न मद्दत गर्नेछ ।

केही रिपब्लिकनहरूले ट्रम्पको पर्दा पछाडिको चालबाजीलाई अस्वीकार गरेपछि यो सिनेटमा सजिलै पारित भएको थियो । तर जोनसनले मेक्सिकोको सीमापार संयुक्त राज्य अमेरिकामा अवैध आप्रवासन रोक्न कडा नयाँ उपायहरू बिना युक्रेनको सुरक्षालाई सम्बोधन गर्न नसक्ने बताए । 

उनले भने, “हामी वास्तवमा यो सीमामा नियन्त्रण प्राप्त गर्न अमेरिकी जनताप्रति ऋणी छौं ।” वास्तवमा, दशकौंमा सबैभन्दा कठोर नयाँ अमेरिकी सीमा सुरक्षा उपायहरू लागू नगरिकन विदेशी सहायता प्रदान गर्न सिनेटमा डेमोक्र््याटहरूले पहिले नै रिपब्लिकनहरूसँग मिलेर संयुक्त विधेयक तयार गर्न सहकार्य गरिसकेका छन् । 

उक्त विधेयक सिनेटमा अनुमोदनका लागि राखिएको थियो तर जोनसनले सदनमा यसलाई रोक्ने घोषणा गरेका छन् । यसले सिनेटलाई उक्त संस्करणलाई त्याग्न र मङ्गलबारको नयाँ विदेशी सहायता–मात्र विधेयकमा प्रवेश गराउन उत्प्रेरित गरेको थियो । यसलाई जोनसनले फेरि एक पटक अस्वीकार गरेका छन् । 

गत चुनावमा पराजित भए पनि रिपब्लिकन पार्टीमा प्रभुत्व जमाएका र अहिले चार वटा छुट्टाछुट्टै मुद्दामा ९१ वटा आपराधिक मुद्दा खेपिरहेका ट्रम्पले यो अवधिभरि नै कङ्ग्रेसको लगाम खिच्न सफल भएका छन् । 

उनले युक्रेनलाई रूसविरुद्धको लडाईंमा सहयोग गर्ने कुराको विरोध गर्दै आफू निर्वाचित भएमा एक दिनमै युद्धको वैकल्पिक समाधान गर्ने बताउँदै आएका छन् । उनले सांसदहरूलाई अमेरिकी सीमा सुधारसम्बन्धी विधेयकलाई पारित नगर्न खुलेआम अह्वान गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काम गरेर जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...

'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप' उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy