Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

खबरडबली संवाददाता

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरेको छ । 

जुन्ताले यस चुनावलाई प्रजातन्त्रतर्फ फर्किने कदमका रूपमा प्रस्तुत गरिरहेको भए पनि अन्तर्राष्ट्रिय समुदाय र प्रजातन्त्र समर्थकले यसलाई कडा प्रतिबन्ध र दमनबीच गरिएको वैधानिकता खोज्ने प्रयासका रूपमा लिएका छन् ।

सन् २०२१ फेब्रुअरीमा सैनिक कू भएपछि दशकौँ लामो लोकतान्त्रिक अभ्यास समाप्त भएको थियो । त्यस बेला निर्वाचित नागरिक नेत्री आङ सान सुकी पदबाट हटाइ सकेकाे छ । हाल उनि जेलमा छिन् । उनको अत्यन्त लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन गरिएको छ । सुकीले भ्रष्टाचारदेखि कोभिड–१९ प्रतिबन्ध उल्लङ्घनसम्मका अभियोगमा २७ वर्षको सजाय भोगिरेकी छिन् । जसलाई अधिकारकर्मीले राजनीतिकरूपमा प्रेरित भनेका छन् ।

एक महिनासम्म चरणबद्ध रूपमा हुने मतदानलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकले अस्वीकार गरेका छन् । उनीहरूका अनुसार सैन्य समर्थक दलले भरिएको मतपत्र, असहमतिमाथि कडा दमन र मार्सल ल को अवस्थालाई ‘नयाँ नाम’ दिएर प्रस्तुत गरिएको छ । करिब पाँच करोड जनसङ्ख्या भएको म्यान्मा गृहयुद्धले थिलथिलो बनेको छ र विद्रोही नियन्त्रणमा रहेका धेरै क्षेत्रमा मतदान नै नहुने जनाइएको छ ।

जुन्ता नियन्त्रणमा रहेका याङ्गुन, माण्डले र राजधानी नेपिडोका निर्वाचन क्षेत्रमा आइतबार बिहानदेखि पहिलो चरणको मतदान सुरु हुने बताइएको छ । तर सर्वसाधारणमा उत्साह देखिएको छैन । उत्तरी सहर माइटकिनाका एक बासिन्दाले मतदान बहिष्कार गर्ने बताउँदै सेनाले बल प्रयोग गरेर लिएको सत्ता वैधानिक बनाउन खोजिरहेको आरोप लगाए । अर्का एक बासिन्दाले चुनावमा चासो कम भए पनि बेवास्ता गरेमा समस्यामा पर्न सकिने डर रहेको बताए ।

जुन्ता प्रमुख मिन आङ ह्लाइङले एएफपीको अन्तर्वार्ता अनुरोधमा प्रतिक्रिया दिएका छैनन । तर सरकारी सञ्चारमाध्यममार्फत उनले चुनावलाई मेलमिलापको अवसरका रूपमा चित्रण गरेका छन् । यद्यपि नतिजापछि पनि सेनाले राजनीतिक नेतृत्वमा भूमिका खेलिरहने स्वीकार गरेका छन् । वर्तमान संविधानअनुसार संसदको २५ प्रतिशत सिट सेनाका लागि आरक्षित छन् ।

सन् २०२० को चुनावमा एनएलडीले ठूलो विजय हाँसिल गरेपछि व्यापक धाँधलीको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो । एसियन नेटवर्क फर फ्रि इलेक्सन्सका अनुसार सन् २०२० को चुनावमा सहभागी अधिकांश दल अहिले विघटन भइसकेका छन् र करिब ९० प्रतिशत सिट यस पटकको मतपत्रमा देखिँदैनन् । सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी सबैभन्दा ठूलो सहभागी बनेको छ ।

यस निर्वाचनमा नयाँ इलेक्ट्रोनिक मतदान मेसिन प्रयोग गरिँदैछ, जसले उम्मेदवार लेख्न वा मतपत्र बिगार्न अनुमति दिँदैन । साथै, मतदान अवरोध गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार करिब २२ हजार राजनीतिक बन्दी जुन्ताको जेलमा छन् ।

केही राजनीतिक समूहले भने द्वन्द्वमा फसेको देशका लागि मतदान नै एक मात्र बाटो भएको तर्क गरेका छन् । पिपुल्स पार्टीका नेता को को गीले चुनावपछि केही परिवर्तन आउने आशा व्यक्त गरेका छन् । सत्ता कब्जापछि सेनाले प्रजातन्त्र समर्थक आन्दोलनमाथि कडा दमन गरेपछि धेरै कार्यकर्ता जातीय अल्पसङ्ख्यक सशस्त्र समूहसँग मिलेर छापामार लडाइँमा लागेका छन् । जुन्ताले केही क्षेत्रमा मतदान हुन नसक्ने स्वीकार गरेको छ भने हवाई आक्रमणजस्ता कारबाही जारी राखेको छ । यस महिनाको पश्चिमी राखाइन राज्यको एक अस्पतालमा भएको हवाई आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय स्रोतले बताएका छन् ।

गृहयुद्धका कारण हालसम्मको आधिकारिक मृतक सङ्ख्या सार्वजनिक गरिएको छैन । तर सशस्त्र द्वन्द्वसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्थाका अनुसार सबै पक्षबाट करिब ९० हजार मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घले करिब ३६ लाख मानिस विस्थापित भएको र देशको आधा जनसङ्ख्या गरिबीमा बाँचिरहेको जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि यी चुनावले म्यान्माको समस्या समाधानमा योगदान नपुर्याउने धारणा व्यक्त गरेका थिए । दोस्रो चरणको मतदान जनवरी ११ मा हुने जनाइएको छ भने तेस्रो तथा अन्तिम चरणको मिति अझै तय भएको छैन । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE