कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा तीन वर्ष अगाडि सङ्घीय सरकारले निर्माण गरेको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन छ । निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी भइसक्दासमेत स्वामित्व हस्तान्तरण नहुँदा उक्त ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो ।
‘होल्डिङ सेन्टर’को स्वामित्व हस्तान्तरणको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । “होल्डिङ सेन्टरको स्वामित्व तीन तहका सरकारमध्ये कसले लिने भन्ने अहिलेसम्म कुनै निर्णय भएको छैन”, उनले भने, “एक पटक रक्षा मन्त्रालयले स्वामित्व कसले लिने, के सञ्चालन गर्ने भनेर एउटा समिति गठन गरेको थियो । त्यसपछि स्थानीय प्रशासनलाई कुनै जानकारी आएको छैन ।”
“नेपाली सेनाले निर्माण गरेको हो । सञ्चालन ढाँचा के हुने भनेर रक्षा मन्त्रालयबाट आउनुपर्ने हो । अहिलेसम्म केही जानकारी आएको छैन”, उनले भने, “होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको छ ।”
एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक, २० वटा क्वारेन्टिन, दुई वटा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा भान्साकोठा निर्माण गरिएका उनले जानकारी दिए ।
सङ्घीय सरकारको रु २८ करोड ८१ लाख लागतमा विसं २०७८ वैशाखमा निर्माण सुरु भएको ‘होल्डिङ सेन्टर’ विसं २०७९ साउनमा निर्माण सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: