पर्वत । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माणको माग गरिएको हो ।
परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्रयाक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएमा यो सडकलाई मध्यपहाडी लोकमार्गका विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधि छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष महेन्द्रजङ्ग लामिछानेले जानकारी दिए ।
गत सोमबार पर्वत आएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई निर्माणस्थलमै लगेर पुलको योजना हन्तान्तरण गरिएको हो । दुवै पालिकाका जनप्रतिनिधिले संयुक्तरुपमा योजना हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्न माग गरेका हुन् ।
योजना ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा सो योजनासमावेश गर्ने प्रतिबद्धता जनाए । “यहाँहरुले माग्नुभएको योजना महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भने, “आगामी वर्षको बजेटमा योजना समावेश गरी पुल निर्माण गर्न पहल गर्छौं ।”
गत वर्ष गण्डकी प्रदेशसभाका सदस्य ललितकला गुरुङ संसद् विकास कोषको रकमबाट रु १० लाख विनियोजन गरी पुलको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । डिपिआरमा पुल निर्माणको कूल लागत झण्डै रु १० करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ । पुलको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ ।
मोटरेवल पुलको विस्तृत योजना प्रतिवेदन तयार पारेर प्रदेश सरकारमा बुझाइएको भए पनि बजेट विनियोजन नभएपछि निर्माणस्थलमै मुख्यमन्त्रीलाई लगेर योजना माग गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिए । पुल निर्माण भएमा पर्वतको मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर र पकुवा क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।
मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा मोदीको वडा नं ६ र कुश्माको वडा नं ८ ले पुल निर्माणका लागि सिफारिस गरिएको कुश्मा नगरपालिका–८ का अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: