काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता कायम गर्न आयोगले तोकेको आचारसंहिता र कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले धमाधम विवरण पेस गर्न थालेका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यस्तै, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत विवरण सार्वजनिक गरिरहेका छन् ।
उम्मेदवारको खर्च विवरण
बालेन्द्र साह (बालेन): राष्ट्रिय स्वतन्त्र पार्टीका नेता साहले झापा निर्वाचन क्षेत्र नं. ५ को खर्च विवरणअनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिका छन् । जसमा सवारी साधन भाडा र इन्धनमा २ लाख ९३ हजार ८ सय, वडास्तरीय प्रचारमा ५ लाख ८० हजार र प्रचार सामग्रीमा १ लाख ५७ हजार ४१ रुपैयाँ खर्च भएको छ ।
स्वर्णिम वाग्ले: तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद वाग्लेले २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको विवरण बुझाएको छन् । उनको सबैभन्दा बढी खर्च प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपैयाँ भएको देखिएको छ ।
रवि लामिछानेस् रास्वपा सभापति लामिछानेले चितवन–२ को निर्वाचन खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ भएको विवरण पेस गरेको छन । उनको खर्चमा यातायात तथा इन्धनमा २ लाख ९५ हजार र खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ समावेश छ ।
सोविता गौतम: चितवन क्षेत्र नं. ३ की उम्मेदवार गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
महावीर पुन: म्याग्दी क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरेको छन् । उनको खर्चमध्ये होटलमा खाना र बस्नका लागि मात्र १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ ।
सूर्य थापा: प्युठान–१ का एमाले नेता थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण बुझाएको छन्।
शंकर पोखरेलस् एमाले महासचिव पोखरेलले दाङ–२ को खर्च विवरणमा सवारी साधन, इन्धन, र गोष्ठीरअन्तरक्रिया लगायतका शीर्षकमा १६ लाख ५० हजार खर्च भएको उल्लेख गरेको छन् ।
कमल थापा: राप्रपा नेता कमल थापाले काठमाडौँ–५ बाट चुनाव लड्दा २३ लाख १० हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको छन् । उनको एक भोटका लागि औसत एक हजार रुपैयाँभन्दा बढी खर्च भएको देखिएको छ ।
निर्वाचन आयोगले खर्च विवरण प्राप्त भएपछि त्यसको अध्ययन र प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । अन्य उम्मेदवारले पनि सम्बन्धित निर्वाचन कार्यालयमा विवरण बुझाउने क्रम जारी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:४५
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ल...
बैशाख १७ गते, २०८३ - १७:३३
नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
बैशाख १७ गते, २०८३ - १७:२६
काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गर...
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...


प्रतिकृया लेख्नुहोस्: