काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ। तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ।
विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष सकिएको छ। बाँकी ७ समूहको निष्कर्ष आज राखिनेछ।
काठमाडौंको प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने अधिवेशनमा समूहगत छलफलका निष्कर्ष पेस गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने विधान मस्यौदा संयोजक पम्फा भुसालले जानकारी दिइन्।
माओवादीका नेता तथा कार्यकर्ताहरुले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिएका छन्। अधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेताहरुले पार्टीको नाम नै फेर्न सुझाव दिएका हुन्।
समूहका संयोजकहरुले पार्टीको अहिलेको नाम उपयुक्त नभएको भन्दै समाजवादी चरित्रको अर्को नाम राख्नुपर्ने माग गरेका थिए। चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा असजिलो भएको भन्दै उनीहरुले सजिलो खालको अर्को चुनाव चिह्न राख्न सुझाव दिएको भुसालको भनाइ छ।
नेताहरुले पार्टीको नाम फेर्ने विषय उठाएका छन् भने माथिदेखि तल्लो तहसम्म कार्यकाल तोकिनुपर्ने सुझाव पनि आएको छ। हाल प्रस्तुत गरिएको विधानको मस्यौदामा कार्यकाल तोकिएको छैन।
विधान अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। विधानमार्फत सांगठनिक संरचनामा परिवर्तन गर्न खोजेको माओवादीले केन्द्रीय समितिको आकार पनि घटाउने तयारी छ।
सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: