Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भूकम्पले उजाडिएको लक्ष्मीको जीवन- न जीवनको सहारा रह्यो, न बास

आइएफआरसी भन्छ- नेपालमा मानवीय सहयोग जारी रहन्छ

खबरडबली संवाददाता

काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । 

जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने  भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उनले भनिन्, “भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले  भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बिते। न जीवनको सहारा रह्यो, न बास । 

नेपाल रेडक्रसका स्वयंसेवकले  त्रिपाल र कम्बल दिइन्। यसले केही सहयोग पुग्यो । तत्कालै रु १५ हजार नगद  पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न  (अस्थायी आवास निर्माण)  शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग ग¥यो । ।”

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले विपद्पछि सङ्कटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ ।  पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि सङ्कटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । 

सोही नीतिअनुसार उसले गत वर्षको  सुदूरपश्चिम  र  यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो । 

डोटीको पूर्वीचौकी गाउँपालिका–३  गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान  ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर  विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८०  कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पु¥याएको छ । 

नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा रु ८७ हजार प्रदान गरिरहेको छ ।

यहाँस्थित आइएफआरसीका देशीय प्रतिनिधि अजमद उल्लाले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई विपद्को सामना गर्न सानो नगद सहयोगले ठूलो सहयोग पुग्ने हुनाले आइएफआरसीको विश्वव्यापी नीतिअनुसार हामीले पनि नेपाल सरकार, नेपाल रेडक्रसको समन्वयमा नगद सहयोग गर्ने नीति लिएका हौं । 

यसबाट सङ्कटासन्न समुदायलाई  तत्काल स्रोतको अभाव हुन दिँदैन । यसबाट सङ्कटासन्न समुदाय खुसी छन् ।” आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि  मानवीय सहयोग जारी रहने जानकारी दिए । 

उसले भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक परामर्श) सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ ।

आइएफआरसीले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य राहत कोष (ड्रेफ) मार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो ।

सन् २०२३ को डिसेम्बरसम्मको प्रतिवेदनअनुसार आइएफआरसीले कर्णाली भूकम्पपीडित रुकुम पश्चिम, जाजरकोट र सल्यान चार हजार आठ सय ६५ परिवारलाई गैरखाद्य सामग्री, तीनसय ९२ रेडक्रसका स्वयंसेवक परिचालन, सात हजार पाँच सय मर्यादा सामग्री सरसफाइ, दुई हजार तीन सय ५५ जनालाई मनोसामाजिक परामर्श, रेडक्रसको आकस्मिक स्वास्थ्य क्लिनिकमार्फत एक हजार आठ सय ४७ जनालाई स्वास्थ्य सेवा, दुई हजार एक सय ५० लाई अस्थायी आवास बनाउन अभिमुखीकरण, अस्थायी आवास बनाउन सरकारको नगद सहयोगलगायत अन्य जानकारीका लागि सहायता कक्ष  स्थापना एवं यसमार्फत नौ हजार एक सय पाँचले सहयोग तथा अस्थायी आवास, शौचालय, खानेपानी भण्डारण तथा अन्य बहुउपयोगी सहयोगअन्तर्गत चार सय ३० परिवार लाभान्वित भएको जनाएको छ । 

हाल विश्वको एक सय ९१ देशमा मानवीय सहायता प्रदान गरिराखेको आइएफआरसीले नेपालमा हालै  प्रकाशित गरेको सन् २०२३ को प्रतिवेदनले भन्छ “विपद् पूर्वविपद्को समय विपद्पश्चात् तथा स्वास्थ्य आपत्कालका सययमा सङ्कटासन्न व्यक्ति तथा समुदायका उत्थान, जीवनसुधार लागि मानवीय सहायता प्रदान गर्ने काम निरन्तर जारी रहन्छ ।”

प्रतिवेदनका अनुसार डोटी, बझाङ, बाजुराका एक हजार चार सय तीन परिवारलाई गैरखाद्य सामग्री, एक हजार दुई सय ६८ मर्यादा सामग्री (सरसफाइ), पाँच सय ६४ परिवारलाई बहुउपयोगी नगद सहयोग, एक सय १५ परिवारलाई अस्थायी आवास निर्माण तथा शौचालय निर्माणमा सहयोग, सात सय ६१ जनालाई सरसफाइ जानकारी, सात सय २१ जनालाई मनोसामाजिक परामर्श सेवा तथा चार सय आठ जनालाई अस्थायी आवास र हिंसा न्यूनीकरणसम्बन्धी जानकारी दिइएको उल्लेख छ । 

ड्रेफमार्फत सन् २०२३ मा आइएफआरसीले २६ जिल्लामा डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न रेडक्रसको स्वयंसेवक परिचालनमा सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा ५२ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित भई २० जनाको अकालमा मृत्यु भएको थियो ।   

‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ एवं सरसफाइ  अभियानअन्तर्गत सात लाख ७७ हजार छ सय २५ जना लाभान्वित भएका, यसका लागि चार सय ७० स्थानमा लार्भा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएका, एक सय १५ रक्तदान कार्यक्रममार्फत पाँच हजार दुई सय १७ रक्तदाताले रगत दान गरेको आइएफआरसीद्वारा प्रकाशित प्रतिवेदनमा औँल्याइएको छ । 

आइएफआरसीका पाँच रणनीतिक प्राथमिकता र लाभान्वित व्यक्तिअन्तर्गत जलवायु र वातावरण सङ्कट कार्यक्रमअन्तर्गत दुई लाख ५४ हजार ५४, मूल्य मान्यता, शक्ति र समावेशीकरण कार्यक्रमबाट ५८ हजार ५३५, बसाइँसराइ र पहिचान कार्यक्रमबाट दुई हजार ३५५, सङ्कट र विपद् कार्यक्रमबाट दुई लाख ६१ हजार एक सय आठ, स्वास्थ्य र जीवनयापन सुदृढीकरण कार्यक्रमबाट १६ लाख आठ सय ६८ लाभान्वित भएको प्रतिवेदनमा जनाइएको छ ।   

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending