काठमाडाैं । रामप्रसादको मेडिकल हल जिल्ला अस्पताल अगाडी हुनुको कारण राम्रोसँग चलेको थियो। तर भन्ने गरिन्छ नि धनले मान्छेको दिमाग लाई भ्रष्ट गर्दिन्छ भनेर, रामप्रसाद सँग पनि यही कुरा घट्न गयो।
रामप्रसाद ले भन्छन् कि मेरो मेडिकल स्टोर धेरै राम्रोसँग चलिरहेको थियो र मेरो आर्थिक स्थिति पनि धेरै राम्रो थियो आफ्नो कमाइले मैले केही घडेरीहरू किने र आफ्नो मेडिकल स्टोरको साथ एउटा क्लिनिक पनि खोले। तर मैले झुटो बोल्दिन म एउटा लालची किसिमको मान्छे थिए किनकि मेडिकल फिल्डमा दुई गुणा होइन कयौंगुणा कमाई हुन्छ। सायद धेरैजसो मान्छेहरूले यसबारेमा थाहा पाउदैनन......मेडिकल प्रोफेशनमा १० रुपैयाँमा आउने औषधि आरामले ७०र८० रुपैयाँमा बिक्छ। तर यदि कसैले मलाई दुई रुपैयाँ पनि कम गर्नको लागि भन्यो भने मैले ग्राहकलाई हुँदैन भनेर भन्ने गर्छु। खैर, मैले अरूको बारेमा कुरा गरेको होइन।।मैले मेरो आफ्नै बारेमा कुरा गरिरहेको छु।
२०७४ साल असारको महिनामा एक जना वृद्ध व्यक्ति मेरो मेडिकल हलमा आए र उसले मलाई डाक्टरको पर्चा हातमा थमाइ दिए। मैले औषधिको नाउँ पढे र त्यस औषधि लाई निकाले। त्यस औषधिको मूल्य ५६० बिलमा लेखेको थिए। वृद्धले बिल हेरेर सोचिरहेका थिए, उसले आफ्नो गोजी सबै खानतलासी गरे तर ऊसँग जम्मा १५० रुपैयाँ मात्रै थियो। म त्यस बेला धेरै रिसाएको थिए किनकि मलाई त्यस औषधि खोज्नलाई धेरै समय लागेको थियो, त्यसमाथि त्यस बद्धसँग पुग्ने पैसा पनि थिएन। वृद्धले औषधि नलिईकन जाने पनि मन गरिरहेका थिएनन्।। सायद उसलाई औषधिको धेरै महत्त्व हुनुपर्छ। त्यसपछि त्यस वृद्ध व्यक्तिले भने- मलाई मद्दत गर्नुहोस् सर, बिलमा भएजती पैसा मसँग पुग्दैन।। घरमा मेरो वृद्ध श्रीमती बिरामी छे। हाम्रो छोराछोरीले हामीलाई केही सोधपुछ गर्दैनन्, म आफ्नो श्रीमतीलाई यसरी वृद्ध अवस्थामा मर्दै गरेको देख्न सक्दिन।
त्यस बेला मैले उस वृद्ध बुढाको कुरा सुनिन र उसलाई औषधि नलिईकन जान भने। यहाँ म एउटा कुरा भन्न चाहन्छु कि वास्तवमा उस वृद्ध व्यक्तिको औषधिको कुल मूल्य १२० रुपैयाँ हुन्थ्यो। तर मैले उसबाट १५० रुपैयाँ लिएको हुन्थे भने पनि मलाई ३० रुपैयाँ नाफा हुन्थ्यो। तर मेरो लालच ले उस लाचार वृद्ध व्यक्ति लाई पनि छोडेन।
मेरो औषधि पसलमा उभिएको एक अर्को ग्राहकले आफ्नो गोजीबाट पैसा निकालेर उस वृद्ध व्यक्तिको औषधिको पैसा भुक्तान गरिदियो। तर यसो गर्दा पनि मलाई केही असर परेन। मैले पैसा लिए र वृद्ध लाई औषधि दिएँ।
समय बित्दै गयो २०७७ साल आयो। मेरो एउटा मात्रै छोरा प्रमोद लाई ब्रेन ट्युमर भयो। पहिला त हामीलाई थाहै भएन,तर जब हामीले थाहा पायौँ छोरा मृत्युको नजिक थियो। पैसा पानी जसरी बगिरह्यो छोराको बिरामी अवस्था बिग्रँदै गयो। बजारको घर बेच्यौ, घडेरी बेच्यौँ र अन्ततः मेडिकल स्टोर पनि बेच्नुपर्यो तर मेरो छोराको स्वास्थ्य अवस्था सुध्रिएन। उसको अप्रेसन पनि भयो र जब सबै पैसा सकिँदै गयो तब अन्तिममा डाक्टरहरूले मलाई आफ्नो छोरालाई घर लगेर जान र उसलाई सेवा गर्नु भनेर भने।
त्यसपछि २०७८ साल मङ्सिरमा मेरो छोराको निधन भयो। मैले जीवनभर कमाएर पनि उसलाई बचाउन सकिन र यही २०८० साल भदौमा मलाई प्रेसर ले हानेर मेरो देब्रे पाटो हात खुट्टा नै चल्दैन।
आजभोलि जब मैले प्रेसरको औषधि किनेर खान्छु त्यस औषधिमा खर्च गरेको पैसाले मलाई सताउने गर्छ। किनकि मलाई त्यस औषधिको वास्तविक मूल्य थाहा छ। एक दिन म केही औषधि लिनको लागि दाहाल मेडिकल स्टोर गएँ र १०० रुपैयाँको इन्जेक्सन मलाई ७०० रुपैयाँमा दिए। तर त्यस बेला मेरो गोजीमा ५०० रुपैयाँ मात्रै थियो पैसा नपुगेको कारण म इन्जेक्सन बिना नै मेडिकल स्टोर देखि घर आउनु पर्यो। त्यस बेला मलाई त्यस वृद्ध व्यक्तिको धेरै याद आइरहेको थियो.......।
म जस्तै मेडिकल खोलेर बसेकाहरूलाई भन्न चाहन्छु कि हामी सबै कमाउनको लागि बस्छौँ किनकि हामी जोकोहीसँग एउटा पेट हुन्छ। तर वैध तरिकाले कमाउनुहोस्, गरिब लाचारहरूसँग लुटेर कमाउनु राम्रो कुरा होइन किनकि नर्क र स्वर्ग यही धर्तीमा छ।। अन्त कतै छैन। र आज मैले नर्क भोगिरहेको छु। पैसाले जहिल्यै पनि मद्दत गर्दैन।। भगवान्को पदमार्गमा हिँड्नुहोस्।। उसको नियम अटल छ किनकि एउटा सानो लालचले पनि हामीलाई धेरै ठुलो दुःखमा धकेल्न सक्छ।
समाजिक सञ्जालबाट साभार
प्रतिकृया लेख्नुहोस्: