नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र जन्मिएका बालबालिकाहरूलाई पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ ।
वडा कार्यालयले गत असारमा सम्पन्न भएको नगरसभाबाट आर्थिक वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिएर ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन स्वरुप बालबालिकाहरुलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच हजार रुपैयाँ वितरण गर्न थालेको हो । वडा कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकालाई पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोलेर राखिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरी सम्बन्धित बालबालिकाको नाममा जम्मा गर्न थालिएको छ । वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्मदर्ता गर्न प्रोत्साहन गर्ने र बाबालिकाको समग्र विकासका लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।
हालसम्म वडा कार्यालयमा जन्मिएका २६ जना बालबालिकाहरुलाई सो रकम दिइ सकेको वडा कार्यालयले जनाएको छ । वडामा प्रत्येक वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै विदुर नगरपालिकाका पुर्व मेयर शिवप्रसाद गजुरेलले वडाले सरायिन काम गरेको भन्दै यसलाई देशव्यापी बनाउनुपर्ने बताए । उनले वडाले दिएको सुविधाहरूलाई जनताहरुले पनि उपयोग गर्न जान्नुपर्ने बताए ।
वडा कार्यालयले चलाएको यो अभियानले प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने भएकोले वडा वडामा सिंहदरवार आएको महसुस भएको स्थानियले बताएका छन् । हेर्दा सानो रकम देखिए पनि समय सान्र्दभिक र वैज्ञानिक रहेको स्थानीय राजकुमार अर्यालले बताए ।
यो कार्यक्रम सफल भएमा आगामी आर्थिक वर्ष ०८१/८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना रहेको विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: