Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मधेश प्रदेशमा कागजी प्रक्रिया मिलाएर भ्रष्टाचार भईरहेको दाबी

खबरडबली संवाददाता

रौतहट । फितलो सरकारी नीतिको कारण स्थानीय निकायमा बेथिती बढेको एक कार्यक्रमका प्रमुख अतिथी लगायत अधिकांस बक्ताहरुले बताएका छन।

रौतहटको देवाही गोनाही नगरपालिका स्थित अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक  आयोजित अन्तरक्रिया कार्यक्रमका अधिकांस वक्ताहरुले उक्त विचार राखेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य रामकुमार फुयाँलले सुशासनले मात्र समृद्धि सम्भव हुने बताएका छन। सुशासन नै नेपाल सरकारको पहिलो प्राथमिकतामा राखेर १६ औं आब्दिक योजनामा अगाडी बढिरहेको उनले बताए।

उनले सामाजिक न्याय सुशासन सबै क्षेत्रमा लागू भएमा समृद्धि सम्भव हुने बताएका छन। सुशासन भनेपछि सबै क्षेत्रमा लागू हुन्छ, नेता अर्थात नेतृत्वले आफै पहिले सुशासित हुनुपर्छ। उनले भने सुशासन सामाजिक , राजनीतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, सञ्चार सबै क्षेत्रमा सुशासन आवश्यक छ। आफैमा आफू सुशासित भएमा देश र जनता सबै सुशासित हुन्छ, न्यायपूर्ण हरेक काम पारदर्शिता हुन्छ सदस्य फुयाँलले भने त्यस पछि समृद्धि टाढा छैन। कार्यक्रममा रौतहटका सिडियो हिरालाल रेग्मीले स्थानियतहमा अधिकार भन्दा समन्वय बढी महत्वपूर्ण रहेको बताए। जिल्लामा आएको दुईमहिना अनुभव सुनाउँदै उनले यहाँ जनप्रतिनिधि आफैबिच बाझाबाझ मात्र अधिकारको कुरा गर्ने भएकाले जनता मार्कामा परिरहेका छन्।

मेयर, उपमेयर , वडा अध्यक्ष बिच देखादेख हुँदैन, बोलचाल हुँदैन त्यस कारण महिनौ सम्म पालिका बन्द हुन्छ र सेवाग्राहीले सेवा पाउँदैनन्। यसरी हुने बेथितिलाई जिल्ला समन्वय समितिले समन्वय गरेर मिलाउने हो तर ईनको भूमिका सुन्य रहेको सिडियो रेग्मीले गुनासो गरेका थिए। जनप्रतिनिधि अधिकार भन्दा दायित्व बोध गरेमा जनताको काम छिटो छरितो हुने र भ्रष्टाचार समेत न्यून हुने उनले विचार राखेका थिए। आफ्नो काम छोडेर अरूको कामको जिम्मेवारी लिन खोज्दा पनि बेथिती बढेको उनको तर्क थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बिगतमा कागजी प्रक्रिया नपुुगेको अवस्थामा भ्रष्टाचार पुष्टि हुन्थ्यो तर अहिले समय परिवर्तन भएको छ उनले भने अहिले कागजी प्रक्रिया मिलाएर नै भ्रष्टाचार बढेको छ ।

स्थानिय निकाय देखि सरकारी कार्यालयम कागजात सच्याउने काम भइरहेको भन्दै त्यस प्रती उनले चिन्ता ब्यक्त गरे। त्यसैगरी पछिल्लो समय मधेश प्रदेशको सरकारी कार्यालयहरुमा विचौलीयाको बिगबिगी बढेको डाक्टर केसीले बताए।

भ्रष्टाचार ठहर भएमा तिनपुस्ता सम्म बदनामी हुनुपर्ने बताउँदै दोषीलाई हुने दण्ड सजाय बारेमा  विस्तृत जानकारी दिएका थिए ।  देवाही गोनाहिका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले फितलो सरकारी नीतिको कारण स्थानिय निकायमा समस्या हुनेगरेको बताए।

संघीय मामिला मन्त्रालय बाट पटकपटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिन्छ, बिना कुनै मापदण्ड राजनीतिक पहुँचको भरमा हुने सरुवाले स्थानीय निकाय लथालिङ्ग बन्ने गरेको छ। जनप्रतिनिधि बीच बिवाद , कर्मचारी संग विवादले पनि बारम्बार कठिनाईको सामना गर्नु परेको छ। मधेश प्रदेश लोकसेवा आयोगले स्थानिय तहमा कर्मचारी पुर्ति नगर्नू पनि एउटा ठूलो सा। समस्या रहेको छ।

हरेक पालिकामा जनशक्तिको कमीले काम गर्न समस्या भईरहेको अधिकृत यादवले बताए। संघीयता लागू भएदेखिनै प्रदेशले पठाउने सिलिङ अनुसार समयमा बजेट नपठाउने गरेको कारण बिभिन्न समस्या हुनेगरेको छ । सिलिङ्ग अनुसारको पैसा असार महिनामा पठाउँदा गरिने कामको स्तरीयता माथि प्रश्न चिन्ह खडा हुनेगरेको अधिकृत यादवले गुनासो गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व अध्यक्ष गोबिन्द चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागीहरुले बिगतमा यस्ता कार्यक्रम सदरमुकाम , राजमार्ग आसपास केन्द्रित हुने तर पहिलो पटक ग्रामीण क्षेत्रमा  गरेकोमा आयोजकको सराहना गरेका थिए।

उक्त अवसरमा राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य रामकुमार फुयाँल अख्तियार दुरूपयोग अनुसंधान हेटौडाका डा. हेम वहादुर केसी, महालेखा परिक्षक मधेश प्रदेश प्रमुख श्याम प्रसाद भण्डारी, गौर नगरपालिका को मेयर शम्भु साह, देवाही गोनाहिका मेयर प्रेमलाल साह , चन्द्रपुरका मेयर सञ्जय काफ्ले, माधव नारायणका मेयर बैजनाथ यादव, डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा,उपमेयर परानिया पटेल,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला समन्वय समितीका अध्यक्ष राम अयोध्या यादव, नेपाल प्रहरी उपरिक्षक, महेन्द्र कुमार श्रेष्ठ सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मी, नेपाल पत्रकार महासंघ रौतहट सभापति प्रेमचन्द लगायत जिल्लाको १८ मध्ये अधिकांश स्थानियतहको जनप्रतिनिधि , जिल्लाका सरकारी कार्यालय प्रमुखहरु, पालिकाहरुका प्रशासकिय अधिकृतहरुको उपस्थिति रहेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy