भक्तपुर । भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित भएका छन् । शनिबार उनलाई उनकै परिवारका सदस्यहरुले गठन गरेको पंच मु दवु (समूह)को दोश्रो वार्षिक भेला तथा बनभोज कार्यक्रममा सम्मान गरिएको हो । संस्कृतिविद् रत्न सायमी र दवुका अध्यक्ष दुरुकाजी पंचले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
कार्यक्रममा संस्कृतिविद् सायमीले एक सय वर्ष पुगेका मानिस हाम्रो लागि गर्वको विषय भएको बताए । नाति सरहको आफूले एक सय वर्ष पुगेका हजुरबुबा जस्तो मानिसलाई सम्मान गर्न पाउनु आफनो लागि गौरबको विषय भएको उनले बताए । उनले एक सय वर्ष मात्रै होइन, ८० वर्ष उमेर पुगेका मानिसका अनुभब लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताए ।
पंच मु दवु पंच थर भएका भक्तपुरेहरुको समूह हो । भक्तपुरमा विभिन्न थरका मानिसहरुमध्ये पंच थर भएका परिवारले सवै परिवारलाई एकतावद्ध गर्न २०७८ सालमा पंच मु दवू गठन गरेका थिए ।
उनीहरूका अनुसार भक्तपुरमा पंच थर भएका परिवार भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछें र भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जे किवाचो दुई ठाउँंमा छन् । तर २०७२ सालको महाभूकम्पपछि भने उनीहरू जिल्लाकै सूर्यविनायक पाण्डुबजार, लिवाली, कमलविनायक, सल्लाघारी लगायतका ठाउँंमा बसाई सराई गरी बस्न थालेका छन् । हाल दवुमा दुई सय ७२ सदस्य रहेको जनाइएको छ । कार्यसमिति भने नौ जनाको रहेको जनाइयो ।
सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाइएको थियो । उनकी धर्मपत्नी केशरी पंच पनि छन् । उनको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उनीहरुका चार छोरा र तीन छोरीहरु थिए । तीन छोरीहरु भने वितिसकेका छन् । उनका चार छोरा र चार बुहारीहरुसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरुसमेत भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: