बाँके । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय रु ७५ लाख बजे कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि अलपत्र सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । जीर्ण अवस्थामा भएको सडक निर्माण भएपछि सो मार्गमा व्यावसायिक चहलपहलसमेत बढ्ने स्थानीय दमनकुमार श्रेष्ठले बताए । सडक निर्माणको योजनालाई समयमै सम्पन्न गर्न प्राथमिकताका साथ कार्यान्वयन सुरु भएको नगरप्रमुख विष्टले जानकारी दिए। “समयमै गुणस्तरीयरूपमा पूर्वाधार विकासका योजना सम्पन्न गर्न धमाधम काम सुरु भएको छ”, नगरप्रमुख विष्टले भने, “योजना कार्यान्वयनको सुरुआतसँगै अनुगमनलाई पनि प्राथमिकता दिइएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १४:५३
काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...
फाल्गुन २१ गते, २०८२ - १४:४७
चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म करिब ४५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान क...
फाल्गुन २१ गते, २०८२ - १४:४१
दमक। झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालस...
फाल्गुन २१ गते, २०८२ - १४:३६
रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...
फाल्गुन २१ गते, २०८२ - १४:२९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...
फाल्गुन २१ गते, २०८२ - १४:२३
बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...
फाल्गुन २१ गते, २०८२ - १४:१५
काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै ...
फाल्गुन २१ गते, २०८२ - १४:०९
दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको...
फाल्गुन २१ गते, २०८२ - १४:०४
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्योति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुन: सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको ह...
फाल्गुन २१ गते, २०८२ - १४:०१
कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९।६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हज...



प्रतिकृया लेख्नुहोस्: