Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

खबरडबली संवाददाता

कञ्चनपुर । लालझाडी–मोहना संरक्षित वन क्षेत्र हात्ती लगायतका वन्यजन्तुको पुरानो जैविक मार्ग (करिडोर) का रुपमा रहेको छ । संरक्षित वन क्षेत्र हात्ती, बाघ, चितुवा, चित्तललगायतका वन्यजन्तुको ओहरदोहर गर्ने मार्गका रुपमा परिचित रहेको छ ।

भारतीय दूधुवा नेशनल पार्क हुँदै वन्यजन्तु संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्ने गर्दछन । निकुञ्ज, संरक्षित वन क्षेत्र र दूधुवा नेशनल पार्क जोड्ने पुरानो जैविक मार्ग मासिँदा जङ्गली जनावरले प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएका छन् । जैविक मार्गको कनेक्टभिटी टुटेपछि जङ्गली जनावर बस्ती छिर्ने गरेका हुन् । पुनर्वास नगरपालिकाको डोकेबजार, नौरङ्गा, दोदा नदीको आसपासको क्षेत्रमा जङ्गली जनावरले ओहरदोहर गर्दै आएका छन् ।

जैविक मार्गको अवरोध हटाउनका लागि पटक–पटक बहस र छलफल हुने गरेपनि सार्थकतामा परिणत नहुँदा मानव वन्यजन्तु द्वन्द्व बढ्दै जान थालेको डिभीजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेलले बताए । “हात्ती हिँडडुल गर्ने वन क्षेत्र कम हुन थालेपछि मानव बस्तीमा पसेको छ, बालीनाली खान थालेको छ” उनले भने, “अहिले मानवबस्ती बसेको ठाउँ हात्तीको पुरानो जैविक मार्ग हो, त्यो टुक्रिएको छ ।” उनका अनुसार दूधुवा हुँदै हात्तीको बथानले संरक्षित वन क्षेत्र, निकुञ्ज हुँदै चुरे क्षेत्र पुग्ने गर्दछन् ।

“यो हात्तीको पूर्खौंदेखिको हिँड्ने मार्ग भएकाले पछिल्लो पुस्ताले पनि अर्को बाटो हिँड्दैन” अधिकृत कँडेलले भने, “पूर्खाले हिँड्ने बाटोनै अतिक्रमण गरी हाल मानवीय संरचना निर्माण भएपछि हात्तीले विध्वंश निम्त्याउने गर्दछ ।” हात्ती मात्रै नभएर हाल भारत नेपालका वनमा बाघ, चितुवा, चित्तल लगायतका जनावरले पनि ओहरदोहर गर्दै आएका छन । 

दिउँसै चितुवा लगायतका जनावर देखिने गरेको उनले सुनाए । नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय महत्वको जैविक मार्गका रुपमा रहेको उनले बताए । “अन्तर्राष्ट्रिय महत्वको क्षेत्र भएकाले संरक्षणको क्षेत्रमा विदेशी दातृ संस्थाको चासो पछिल्लो समय बढ्दै गएको छ” उनले भने, “यसको महत्वबारे स्थानीय बासिन्दालाई बताएर जागरुक गराउन जरुरी छ, त्यसलाई आत्मसात गरी अगाडि बढाउँदैछौँ ।” वन क्षेत्रमा अतिक्रमणको समस्या पुरानै रहेको चर्चा गर्दै उनले नयाँ अतिक्रमण हुन नदिइने र कानुन अनुसार अतिक्रमण हटाउने कार्य हुँदै आएको बताए । 

“जैविक मार्ग भएर ओहरदोहर गर्ने जीवजन्तु संरक्षणका लागि जनचेतनाका माध्यमबाट स्थानीय बासिन्दामा जागरण पैदा गर्नुपर्ने अवस्था आएको छ” उनले भने, “जीवजन्तुले बालीनालीमा क्षति पुर्‍याए वा मानवीय क्षति पुर्‍याए क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । पछिल्लो समय जीवजन्तुले क्षति पुर्‍याएमा राहत निर्देशिका बमोजिम क्षतिपूर्ति दिने गरिएको उनले जानकारी दिए । जनचेतनाको पाटोलाई बलियो बनाउन धेरै काम गर्न बाँकी छ । 

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी वन अतिक्रमण हुँदै जानु, खुला चरिचरन र वन क्षेत्र वरपरका बासिन्दाको आयआर्जनका अवसरमा कमी हुँदा वन संरक्षणको क्षेत्रमा चुनौती थपिँदै गएको बताए । बर्सेनि हुने भू–क्षय, आगलागीका घटनाले वनको जैविक विविधतामा खलल पर्न थालेको उनको भनाइ  छ ।

“लालझाडी मोहना संरक्षित वन क्षेत्र वन्यजन्तुको बासस्थानका रुपमा विकसित मात्रै नभएर यस क्षेत्रले जैविक विविधता सांस्कृतिक विशेषता पनि बोकेको छ” उनले भने, “वन क्षेत्र नजिक बसोवास गर्ने बासिन्दाको हित पनि सोचिनु जरुरी छ ।” 

वन क्षेत्र संरक्षण भएर नै वन्यजन्तुको ओहोरदोहोर केही वर्षयता निकै बढेको उनले बताए । जलाधार क्षेत्रका रुपमा रहेका तालतलैया, सीमसार क्षेत्रको संरक्षणमा सामुदायिक वन, दातृ निकाय र अन्य सरोकारवाला पक्षको चासो बढ्दै गएपछि जीवजन्तु संरक्षणमा टेवा पुगेको उनको भनाइ छ । उनका अनुसार संरक्षित वन क्षेत्रको ८७ प्रतिशत भू भाग तराई र भावरमा पर्दछ भने १३ प्रतिशत भू भाग चुरे क्षेत्रमा पर्दछ । जैविक विविधताले भरिपूर्ण यो क्षेत्र जीवजन्तुको जैविक मार्गसँगै प्राकृतिक ताल तलैयाले भरिपूर्ण रहेको छ । आवादीसहित यसको क्षेत्रफल ३७ हजार २९ दशमलव ५४ हेक्टर रहेको छ । वन क्षेत्र मात्रै २९ हजार छ सय ४१ दशमवल ७५ हेक्टर रहेको छ । 

“संरक्षण क्षेत्रभित्रका तालतलैया उचित व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ” संरक्षणकर्मी पुनाराम चौधरीले भने, “सीमसार क्षेत्रको व्यवस्थापनमा पनि ध्यान जानु पर्दछ ।” वन अतिक्रमणका कारण जैविक मार्गमा जोखिम बढेकाले अतिक्रमण हटाउन पहल गरिनु आवश्यक रहेको उनको सुझाव छ । वन क्षेत्र नजिक बस्ने बासिन्दाको वन माथिको निर्भरता कम गरी नवीकरणीय ऊर्जातर्फ डोर्‍याउनुपर्ने जय लक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE