Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

एमएम कप राष्ट्रिय क्रिकेट- मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

खबरडबली संवाददाता

कास्की । मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । 

यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले रु ५० हजार र ट्रफीमा चित्त बुझायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २० दशमलव दुई ओभरमा ८६ रन जोडेर ‘अलआउट’ भयो । सुदूरलाई सस्तैमा रोक्न मधेसका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिनुभयो । सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन्। 

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक÷एक विकेट लिए। उपाधिका लागि ८७ रनको लक्ष्य मधेसले २० ओभरको चौथो बलमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो । सुरुआती चरणमा मधेसको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक÷एक विकेट लिए। 

गत माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए।प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए। 

प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिनुभएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित भए। मधेस प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए। उनले एक ५२ रन बनाए। 

प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रतिनिधिसभाका सांसद एवं सेन्टरका अध्यक्ष ठाकुर गैरे, पूर्वमन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरे। 

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो । प्रतियोगितामा मधेस र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम तथा आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending