Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

एमएम कप राष्ट्रिय क्रिकेट- मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

खबरडबली संवाददाता

कास्की । मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । 

यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले रु ५० हजार र ट्रफीमा चित्त बुझायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २० दशमलव दुई ओभरमा ८६ रन जोडेर ‘अलआउट’ भयो । सुदूरलाई सस्तैमा रोक्न मधेसका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिनुभयो । सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन्। 

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक÷एक विकेट लिए। उपाधिका लागि ८७ रनको लक्ष्य मधेसले २० ओभरको चौथो बलमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो । सुरुआती चरणमा मधेसको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक÷एक विकेट लिए। 

गत माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए।प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए। 

प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिनुभएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित भए। मधेस प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए। उनले एक ५२ रन बनाए। 

प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रतिनिधिसभाका सांसद एवं सेन्टरका अध्यक्ष ठाकुर गैरे, पूर्वमन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरे। 

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो । प्रतियोगितामा मधेस र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम तथा आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending