को संलग्न छ कैलाली घटनामा ? षड्यन्त्रको भित्री कथा
भाद्र १० गते, २०७२ बिहिवार 27th August, 2015 Thu१२:५३:१९ मा प्रकाशित
काठमाडौं । गत सोमबार एसएसपी सहित सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटना ‘स्टेटको ओभर कन्फिडेन्ट’ तथा दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘मनमुटाब’को परिणति भएको उच्च सुरक्षा अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।
घटना हुनु भन्दा एक दिन अघि आइतबार स्थानिय राजनीतिक दलहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेपछि त्यसैलाई आधार मान्दै जुनसुकै अवस्थामा पनि प्रहरीमाथि हमला हुँदैन भन्ने सुरक्षा निकायको ‘ओभर कन्फिडेन्ट’ नै घटनाको मूल कारण रहेको गृहका अधिकारीहरुको बुझाई छ ।
‘सिमांकनलाई लिएर तराई लगायत कयौं क्षेत्रमा भैरहेको आन्दोलनमा कहीँ पनि प्रहरीमाथि एक्कासी हमला भएको उदाहरण छैन्, त्यसैले प्रहरीका उच्च अधिकारीहरुमाथि नै हमला होला भन्ने हामीले सोच्न समेत सकेनौं ।’– गृहसचिव सुर्यप्रसाद सिलवालले खबरडबलीसँग भने ।
तर उच्च सुरक्षा स्रोतका अनुसार नेपालका दलहरुले भारतको सहयोग बगैर गर्ने सहमति र सिमांकन फलदायी नहुने सन्देश दिन नियोजित रुपमा कैलालीको टिकापुर घटना घटाइएको समेत बताए । ‘के कुरा स्पष्ट छ भने भारतको सहमति बगैर कुनै पनि कुरा लागु गर्न संभव छैन, भन्ने राजनीतिक सन्देश दिन घटना नियोजित रुपमा घटना घटाइएको हो ।’– उच्च सुरक्षास्रोत भन्छ ।
सुरक्षा निकायले दिएको सूचनामा आधारित रहेर नै घटना भएलगत्तै गृहमन्त्री बामदेव गौतमले घटनामा दक्षिणबाट मान्छे आएको बताएका थिए, जसको नेपाल स्थित भारतीय दूतावासले विज्ञप्ति मार्फत खण्डन गरेको थियो । भने त्यसै दिन प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर गणतन्त्रवादी तथा पराम्परागत शक्तिलाईसँगै लिएर जान आग्रह गरेका थिए ।
उच्च सुरक्षा अधिकारीहरुले कैलाली घटनामा भारतीय पक्षको सहभागिता बारे औपचारिक रुपमा केही बोल्न नखोजे पनि अनौपचारिक रुपमा भारतीय पक्षको कहीँ न कहीँ सहभागिता रहेको विषयलाई भने इन्कार गर्दैनन् । ‘हामीले आधिकारिक रुपमा केही भन्न मिल्दैन यो दुई देशबीचको सम्बन्धसँग गाँसिएको विषय हो तर गौरमा जस्तै यहाँ पनि भारतीय आपरिधिक समूहको संलग्नतालाई नकार्न सकिदैन ।’– नेपाली सेनाका एक अधिकारीले खबरडबलीसँग भने ।
कैलालीमा भएको घटनामा सुरक्षा निकायकै केही वरिष्ट अधिकारीहरुको मिलेमतो रहेको आशंका समेत गरिएको छ । नेपाल प्रहरीका हेडक्वाटर अपरेशन इञ्चार्ज एआइजी (प्रहरी अतरिक्त महानिर्देशक) गणेश राई कैलाली घटना हुनु एक दिन अघि आइतबार बा १ झ ७०४७ नम्बरको गाडीमा नेपाल स्थित भारतीय दूतावास छिरेपछि राई भारतीय दुतावास किन गए भन्ने प्रश्न प्रहरी संगठन भित्र नै उठेको बुझिएको छ ।
नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार राई हेडक्वाटरमा अपरेशन इञ्चार्ज हुँदा हुँदै घटना हुनु एक दिन अघि भारतीय दूतावास किन गए र फिल्डमा कमाण्ड गर्ने अधिकारीहरुलाई प्रदर्शन भैरहेको स्थानमा बिना हतियार जान निर्देशन किन दिए भन्ने प्रश्न संगठनमा उठेको बताए । ती अधिकारीले राईलाई आन्तरिक रुपमा छानविनको दायरामा ल्याइएको समेत जानकारी दिए ।
तर नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले राईलाई छानविनको दायरामा ल्याईएको कुरा नकारे । ‘हतियार चलाउने अथवा नचलाउने भन्ने कुरा स्थानिय प्रशासन ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धीत कुरा हो । यस विषयमा कसैलाई छानविनको दायरामा ल्याइएको छ कि भन्ने कुरा गलत कुरा हो ।’– बमले खबरडबलीसँग भने ।
टिकापुर घटनाका पाँच कमजोरी
सुचनाको अभाव
दुई सुरक्षा निकायबीच समन्वय नहुनु
प्रहरीमाथि हमला गर्दैनन् भन्ने ‘ओभर कन्फिडेन्ट’ हुनु
स्थितिको वास्तविक मुल्यांकन गर्न नसक्नु
फायर खोल्न नसक्नु
कैलालीमा एसएसपीको ज्यान जानेगरि भएको घटना नियोजित हो अथवा परिस्थितिले निम्त्याएको स्थानियको आक्रोश मात्र भन्ने विषयमा उच्च सुरक्षा अधिकारी र गृहप्रशासन भने त्यसलाई नियोजित नै भएको ठान्दछन् । तर त्यस विषयमा अहिले नै बोल्न हतार हुने अधिकारीहरु बताउँछन् ।
‘घटनाको सत्यतथ्य बाहिर ल्याउन छानविन टोली गठन गरिएको छ त्यसले प्रतिवेदन नबुझाएसम्म केही पनि भन्न सकिदैन ।’– गृहसचिव सिलवालले भने । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बीचमा भएको मनमुटावले कैलाली घटना कुस्तो भूमिका खेलेको छ ? भन्ने प्रश्नमा सिलवालले भने– ‘हाम्रा कमजोरीहरु पक्कै भएका छन् तर दुई सुरक्षा निकायका बीच कुनै पनि मनमुटावको अवस्था रहेको छैन् केही रहेछ भने त्याे छानविन समितिले बाहिर ल्याउला ।’
तर नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी बमले भने सशस्त्र प्रहरीलाई पक्राउ पूर्जि दिन नहुने भन्ने विषयमा आफूहरुले लविङ गरे पनि त्यसको सुनवाई नभएको सन्दर्भमा कैलालीको घटनामा केही कुरा छुट हुन गएको बताउँदै दुई संस्थाका बीच केही ‘ल्याप्सेज’ भएको बताए ।‘उहाँहरुले आफ्नो पक्षमा के भन्नु हुन्छ थाहा छैन् तर हामीले केही ल्याप्सेसहरु महशुस गरेका छौ ।’– बमले भने ।
सूचना संकलन, विश्लेषण गर्दै कुनै पनि घटना हुन नदिन तत्पर रहने गुप्तचर निकायले किन कैलाली घटनाका बारे पूर्व सूचना दिन सकेन त ? भन्ने प्रश्नमा राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीका अनुसार कैलाली घटना घटनु अगावै त्यस्तै प्रकृतिको घटना घटन सक्ने बारे सचेत गराउँदै राष्ट्रिय अनुसन्धान विभागका एआईजी देवराज भट्टको नेतृत्वमा बनेको सात सदस्यीय उच्चस्तरिय टोलीले ‘एकीकृत सुरक्षा योजना प्रतिवेदन २०७२’ गृहमन्त्री गौतमलाई बुझाएको बताए ।
‘हामीले केही समय अघिनै गृहमन्त्री ज्यूलाई प्रतिवेदन तयार पारेर बुझाउने तथा व्रिफिङ गर्ने गरेका थियौं जसमा भावि परिस्थितिसँग जुध्न केही सुझाव समेत दिइएको थियो तर गृहमन्त्री ज्यूले यसले साम्प्रदायिक हिंसा भड्कन सक्छ भन्नु भयो र त्यो प्रतिवेदन कार्यान्वयन हुन सकेन, त्यसको केही दिनमै घटना घट्न पुग्यो ।’– विभागका ती अधिकारी भन्छन् ।
भट्ट नेतृत्वको उच्चस्तरिय टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका आमन्त्रित अधिकारी सहित गृह प्रशासनका अधिकारी समेत सहभागि थिए । सो टोलीमा गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल समेत रहेका थिए । ढकालले सो टोलीले सुरक्षा रणनीति तयार पारेको र गृहमन्त्रीलाई व्रिफिङ गरेको खबरडबलीलाई पुष्टी गरे ।
उनले त्यस टोलीले साधारण सुरक्षा रणनीति तय गरेको बताए । ‘त्यसमा सबै सुरक्षा निकायका अधिकारी सहित गृहमन्त्रालयबाट पनि प्रतिनिधि हुनुहन्थ्यो तर त्यो सामान्य सुरक्षा रणनीति तयार गर्नका लागि गठित टोली थियो ।’– ढकालले भने ।
कहाँ भयाे कमजाेरी
कुनै पनि गतिविधिलाई नजिकदेखि नियाल्ने गुप्तचर निकाय जसले घटना घटनु पूर्व सूचना संकलन गरी त्यसको विश्लेषणका आधारमा रणनीति बनाउँछ त्यो संस्थाले नै सुचना संकलन गर्न नसक्नु कैलालीको टिकापुमा भएको घटनाको पाठ हो ।
गुप्तचर निकायको सूचनाका आधारमा नै सबै प्रतियोजनाहरु बनाउने गरिन्छ । भलै त्यो प्रहरी, सशस्त्र अथवा सेना नै किन नहोस तर कैलाली घटनामा नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागसँगै तीन वटै संस्थाका आ आफ्ना गुप्तचरहरु प्राप्त सूचनाको आधारमा रणनीति तयार पार्न असफल भएको देखिएको छ ।
सुरक्षा निकायका बीच समन्वय हुन नसक्नु र केन्द्रमा देखिएको मनमुटाव प्रहरीको तल्लो निकायसम्म फैलिनुले पनि कैलाली घटनालाई थप बल पु¥याएको देखिन्छ । स्थितिको सही मुल्यांकन गर्न नसकेको तथा अत्यन्त संवेदनशिलमा अवस्थामा पनि फायर खोल्न नसक्नु सुरक्षा अधिकारीहरुको कमजोरी भएको अधिकारीहरु स्विकार्छन ।
‘संबेदनशिल घडीमा पनि आफ्नो बचाउका लागि भए पनि अधिकारीहरुले किन फायर खोल्न सकेनन् भनेर हामी आफै आश्चर्यमा परेका छौ ।’ गृहसचिव सिलवालले भने ।
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: