Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

'सनातन हिन्दु राष्ट्र नेपाल' को नाममा कांग्रेस महासमिति बैठकमा हस्ताक्षर अभियान

'कांग्रेसले महासमितिमा सनातन हिन्दु धर्मलाई आधिकारिक एजेण्डा बनाउनुपर्छ'

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दु् धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक एजेण्डा बनाउनुपर्ने बताएका छन् । २०७२ को संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताएका हुन् ।

हिन्दु धर्ममा भएका कतिपय ट्रेडिस्नल कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दु धर्म कारयम गर्नुपर्ने  भन्दै उनले भने- 'कांग्रेसले सनातम धर्मलाई आत्मसाथ गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ। त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ।'

हिन्दु धर्ममात्र नभएर संस्कार पनि भएको शाहीकाे बुझाइ छ । उनले  संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दु धर्म अपरिहार्य रहेको बताए। सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियानसमेत चलाएका छन् ।

महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन् । 'सनातन हिन्दु राष्ट्र नेपाल' अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन् । अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...

हुरीबतासका कारण बाँकेमा विद्युत् आपूर्ति प्रभावित

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...

सत्ता र शक्तिको दुरूपयोग गरी प्रतिशोध साँध्न खोजियो, विचलित हुन्नँः कैलाश सिरोहिया

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् ।  नागरिकता द...

अध्यादेश ल्याएर सरकार अरू पार्टी फुटाउन लागिर्नु आपत्तिजनक: रामहरि खतिवडा

काठमाडौं  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...

राजधानीमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...

कवितात्मक कथा : खेल

माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...

आफ्नो फाइल खेलेर देखाउन आरजु देउवाको चुनाैती

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...

उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गर्न काँग्रेसको माग

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...

कांग्रेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies