Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आर्थिक र यौन आचरणले जनतासँगको सम्बन्ध अलग हुने खतरा बढेको एमालेको निष्कर्ष, कस्तो कारबाही गर्ने ? माग्यो सुझाव

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । तीनदिनसम्म जारी एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेदेखि बस्दैछ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गरेको पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी प्रस्ताव, उपाध्यक्ष विष्णप्रसाद पौडेलले प्रस्तुत गरेको जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्नेसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको जनचासोका विषयमा पार्टी परिचालनसम्बन्धी प्रस्तावमा आधारित भएर ९ समूहमा आज केन्द्रीय कमिटी सदस्यहरुका बीचमा छलफल हुने सचिवालयले जनाएको छ ।

एमालेले पार्टीभित्र आर्थिक र यौन आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको निष्कर्ष निकालेको छ।

 ‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ ।

त्यस्तै एमालेले नेता कार्यकर्ताहरुमा बुजुर्वा कार्यशैली हाबी भएको भन्दै सर्वहारा श्रमजीवी वर्ग पक्षधर बन्नुको विकल्प नभएको जनाएको छ । 

 ‘हामीलाई बुर्जुवा कार्यशैली  जीवनशैली अपनाउने छुट छैन, हाम्रो जीवनशैली र कार्यशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ’, एमालेले भनेको छ, ‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन सामाजिक नैतिकताको सीमाअनुकुल हुनुपर्छ ।’

जनताले उचित नठान्ने कामकारबाहीबाट जोगिन पनि एमालेले नेता कार्यकर्तालाई सजग गराएको छ । 

एमालेले नेताहरूको पारदर्शी जीवनशैली, स्वच्छता र असल आचरण तथा जीवनशैलीको अवलम्बनको विषयमा केन्द्रीय कमिटीको बैठकमा सुझाव मागेको छ 

नेता, कार्यकर्ताहरूको जीवनशैलीका बारेमा केही भन्नु छ ? नेता, कार्यकर्ताहरूको जीवनको स्वच्छताबारे के(कस्ता कुराहरू उठ्ने गरेका छन ? नेता, कार्यकर्ताहरूमा कस्ता(कस्ता खराव आचरणहरू देखिएका छन् ? यसका कारणबाट जनतामा परेको प्रभाव वा असर ? त्यसलाई सच्याउन के(के गर्नुपर्ला ? खराब आचरण र चरित्र भएका नेता(कार्यकर्ताहरूलाई कस्तो कारबाही गरिनुपर्छ ? भन्ने प्रश्नको जवाफ बैठकबाट खोजेको हो ।

तीन दिनसम्म चल्ने बैठकमा एमालेले पार्टी शुद्धीकरण र संगठन सुदृढीकरणबारे निर्णय गर्ने तयारी छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending