Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लमजुङका भूकम्पपीडित नयाँ घरमा

फाइल फोटो
खबरडबली संवाददाता

लमजुङ । आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उहाँमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उहाँले भन्नुभयो, “दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ । 

प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उहाँ र उहाँकी श्रीमती भूकम्पले भत्किएको  घरमै जोखिम मोलेर बस्दै आउनुभएको थियो तर अहिले परिस्थिति परिवर्तन भएको छ । दुई छाक खान वृद्धाभत्ताको सहारा लिँदै आएका उहाँका लागि यतिबेला नयाँ घर पुनःनिर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ । 

मस्र्याङ्दी गाउँपालिका–९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ । उहाँका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन् । भूकम्पपीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत  विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताएका छन् ।

लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र ९आरसिडिसी० र क्याथोलिक रिलिफ सर्भिस ९सीआरएस०को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनःनिर्माण गरी गत आइतबार मस्र्याङ्दीका १७ भूकम्पपीडितको घर पुनःनिर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ । 

चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसिडिसी सीआरएसले रु ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बताए । उनका अनुसार उक्त रकमबाट मस्र्याङ्दी गाउँपालिका–९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनःनिर्माण गरिएको छ । 

उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ । साथै खानेपानी धारा घरघरमै लगिएको छ । निजी आवास पुनःनिर्माणका लागि आरसिडिसी र सीआरएसले प्रतिघर रु पाँच लाख ४५  हजार तीन सय ४९ का दरले लगानी भएको  छ । साथै उक्त सङ्ख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि रु १५ हजारका दरले सहयोग गरेको छ । 

त्यस्तै सो गाउँपालिका–९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजनाअन्तर्गत आरसिडिसी र सीआरएसले रु १३ लाख ४९ हजार तीन सय २३ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसिडिसीका अध्यक्ष बोहोराले बताए । 

उनका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७८ जेठ ५ गते बिहान मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रविन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो । भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो । 

मस्र्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनःनिर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनःनिर्माण सम्पन्न गरेको छ । बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका गरी ५० घर पुनःनिर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन् । 

सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनःनिर्माण गरिएको बताए। उनका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन  गरिएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending