काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण रु आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएको छन् ।
आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएको हो । भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे । प्रधानमन्त्रीले भने, “नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ । लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन् । तपाईहरूले पनि त्यही माग राख्नुभएको छ । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।”
प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानबिन र कारबाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने, “नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो । सरकारले अभियुक्तलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया टुङ्ग््याएर फाइल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ । ललिता निवासको रु आठ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ ।”
“राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्षमा जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन” प्रधानमन्त्रीले भने, “तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुङ्ग््याउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस् । सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस् ।”
भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८१ - १७:०५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ ...
माघ २४ गते, २०८१ - १६:५४
सुलीकोट । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका...
माघ २४ गते, २०८१ - १६:३५
काठमाडौं । मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर...
माघ २४ गते, २०८१ - १६:२२
काठमाडौं । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ । नेकप...
माघ २४ गते, २०८१ - १६:१०
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् । बिहीबा...
माघ २४ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताएको छन । बिहीबार...
माघ २४ गते, २०८१ - १५:४८
रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत ठिक छैन
माघ २४ गते, २०८१ - १५:४२
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक...
माघ २४ गते, २०८१ - १४:४१
काठमाडौँ । सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छन । प...
माघ २४ गते, २०८१ - १४:३२
काममाडौं । आन्दोलनरत आवासीय चिकित्सकको माग प्रति सरकार सकारात्मक बनेको छ । सरकारी चिकित्सक सहर सेवासुविधा माग गर्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकको...
प्रतिकृया लेख्नुहोस्: