Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

कञ्चनपुरमा दादुरा–रुबेला विरुद्ध खोप अभियान

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरका नौ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९२ वडामा यही फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो ।

फागुन १३ देखि २१ गते (नौ दिन) सम्म सञ्चालन हुने अभियानमा जिल्लाका पाँच सय ५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठरोग अधिकृत उद्धवबहादुर ठगुन्नाले जानकारी दिए । अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । 

खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित तीन जनालाई खटाइने तयारी गरिएको ठगुन्नाले बताए । उनका अनुसार एक खोप केन्द्रमार्फत दुई सय ५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन् । खोप अभियान कार्यक्रम सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सञ्चालन भइरहेका छन । 

गोष्ठीलाई वडासम्म पुर्‍याएर अभियानबारे जानकारी दिने कार्य भइरहेको क्षय–कुष्ठरोग अधिकृत ठगुन्नाले बताए । “गोष्ठीमा दादुरा–रुबेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेबारे जानकारी गराउने काम भइरहेको छ”, उनले भने, “खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थालाई निर्देशन, सल्लाह र सुझाव दिने कार्य गरिएको छ ।”
 
दादुरा–रुबेला निवारणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । नगरपालिकाका १५ हजार बढी बालबालिकालाई उक्त खोप लगाइने उनले जानकारी दिए । “दादुरा–रुबेला खोपका लागि गरिएको सर्भेक्षणमा कञ्चनपुरको शुक्लाफाँटामा दुई र कृष्णपुर नगरपालिकामा ३८ जना बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो”, भट्टले भने, “बसाइँसराइका कारण भारतलगायत अन्य क्षेत्रबाट आएका बालबालिकामा सङ्क्रमण भएको सर्भेक्षणमा पाइएको थियो ।” इँट्टाभट्टामा कम गर्ने व्यक्ति, मुक्तकमैया, सुकुम्वासी, भारतमा मौसमी बसाइँ सर्नेलगायत परिवारका बालबालिका अभिभावकसँगै काम गर्ने क्षेत्रमा जाने भएकाले पूर्ण खोप सुनिश्चितता हुन चुनौती रहेको उनको भनाइ थियो ।

सहरका घनाबस्ती, सुकुम्बासी बस्ती, उद्योग, कलकारखाना, बालमन्दिर, अनाथालय, अन्तदेशीय सीमा, बस पार्कलगायत क्षेत्रका बालबालिकालाई पहुँच पुग्ने गरी खोप केन्द्र राख्ने कार्य गरिएको भट्टले जानकारी दिए । उनका अनुसार सन् २०२६ सम्म रुबेला–दादुरा रोग निवारण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ । 

मुलुकका ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्ष उमेर समूह र कैलाली कञ्चनपुर सहितका २४ जिल्लाका नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अभियानअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको छ । दादुरा–रुबेला खोप अभियान २०७६/७७ अनुसार नियमित खोप लगाएका बालबालिका ८४ प्रतिशत थियो । उक्त तथ्याङ्कलाई बढाएर यस वर्षको अभियानमा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । 

आव २०७९/८० मा १९ जिल्लामा एक हजार तीन सय ३९ बालबालिकामा दादुरा महमारी देखिएको थियो । कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाको सङ्ख्यामा वृद्धी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म ७२ जिल्लाका सात सय ३३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । नुवाकोट, पर्सा लगायतका पाँच जिल्ला भने पूर्ण खोप घोषणा हुन बाँकी छन् । 

दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न/गराउन, स्थानीय तहको साधनस्रोत जुटाउन र परिचालन गर्न सरोकारवाला सबैसँग समन्वय गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवँरले बताए । उनका अनुसार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टको नेतृत्वमा तीन सदस्यीय एइएफआई समिति गठन गरिएको छ । 

खोप अभियान सञ्चालनका लागि टोलटोलमा विद्यालयमार्फत निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् । करिब १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन भने ५२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending