काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ ।
मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधि जितेको हो । पुरुष युगलतर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले हरायो ।
यस्तै महिला युगलतर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ र मिस्क युगलतर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१–१८, २१–११ ले पराजित गर्दै उपाधि जितेकाे हाे ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको पुरुष एकलतर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बीएम राहुल भारद्वाजको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाले ।
महिला एकलतर्फ थाईल्याण्डकी ललिनरात चाईवानले भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले पराजित गर्दै स्वर्ण जिते । प्रत्येक विधाका विजेताले १२ सय, उपविजेताले ७२० डलर र तेस्रो हुनेले तीन सय अमेरिकी डलर पुरस्कार पाए ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा भएको प्रतियोगितामा नेपाल सहित २२ देशका एक सय ७४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: