Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध भीटो- चीनको कडा टिप्पणी, अमेरिका के चाहन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै प्रस्तुत एउटा प्रस्तावविरुद्ध संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा भीटो प्रयोग गरेको छ। त्यस्तो विशेषाधिकार प्रयोग गर्नुअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको थियो।

एल्जिरिआको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता "बिथोलिन सक्ने" वाशिङ्टनको तर्क थियो। अमेरिकाको कदमको आलोचना भएको छ। उसका साझेदारहरूले युद्धविरामको प्रस्ताव रोक्ने ह्वाइटहाउसको निर्णयप्रति दुःख व्यक्त गरेका छन्।

आफ्नो प्रस्तावको मस्यौदामा अमेरिकाले रफाह सहरमा आक्रमण नगर्न चेतावनी दिएको छ। अमेरिकाले गाजामा जारी युद्धबारे राष्ट्रसङ्घमा भएका मतदानका क्रममा यसअघि "युद्धविराम" शब्दावली प्रयोग गरेको थिएन। यद्यपि राष्ट्रपति जो बाइडनले आफ्नो टिप्पणीमा युद्धविरामबारे चर्चा गर्न थालेका छन्।

राष्ट्रसङ्घको १५-सदस्यीय सुरक्षा परिषद्‌मा १३ देशले एल्जिरिआको प्रस्तावलाई समर्थन गरेका थिए भने यूके मतदान प्रक्रियामा सहभागी भएको थिएन।

चीनको कडा टिप्पणी

चीनले अमेरिकी भीटोको भर्त्सना गर्दै त्यसले "गलत सन्देश " दिएको र "हत्या गर्ने काम जारी राख्न" बाटो खोलिदिएको टिप्पणी गरेको छ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफील्डले हमास र इजरेलबीच कुराकानी भइरहेको बेला तत्काल युद्धविराम होस् भन्नु उपयुक्त समय नभएको बताएकी थिइन्।

तर चिनियाँ राजदूत झाङ उक्त प्रस्तावले कूटनीतिक वार्तालाई प्रभावित पार्छ भन्ने तर्क "पूरै अपुष्ट" भएको बताए। "त्यहाँ जस्तो अवस्था छ त्यो हेर्दा तत्काल युद्धविराम गर्ने कुरा निरन्तर छल्नु भनेको चलिरहेको हत्याको क्रमलाई समर्थन गर्नुभन्दा भिन्न होइन," उनले भने।

"यो द्वन्द्वको प्रभावले पूरै मध्यपूर्व अस्थिर बनेको छ र त्यसबाट युद्ध अन्यत्र पनि फैलिने खतरा बढेको छ।"

अमेरिकी तर्क

अमेरिकाले अघि सारेको मस्यौदामा "जुन बेला व्यावहारिक हुन्छ त्यो बेला" अस्थायी युद्धविराम गर्ने प्रस्ताव गरिएको छ।

अनि त्यसका लागि सबै बन्धकहरू रिहा गरिनुपर्ने र गाजातिर पठाइने सहायता रोक्ने अवरोध हटाइनुपर्ने उसको भनाइ छ। यद्यपि वाशिङ्टनको प्रस्तावमाथि सुरक्षा परिषद्‍मा मतदान हुन्छ वा हुँदैन र हुँदा कहिले हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।

राष्ट्रसङ्घमा आफ्नो प्रस्तावमा अमेरिकाले भिटो लगाएपछि उत्तर अफ्रिकी देश एल्जिरिआका राजदूतले "यस प्रस्तावले प्यालेस्टिनीहरूलाई बलियो सन्देश दिन सक्थ्यो" भन्दै "दुर्भाग्यवश सुरक्षा परिषद् पुनः असफल भएको" टिप्पणी गरे।

"आफ्नो अन्तरात्मातिर हेर्नुहोस्, इतिहासले कसरी तपाईँलाई मूल्याङ्कन गर्ला," अमर बेन्द्जामाले भने।

अमेरिकाको आलोचना

राष्ट्रसङ्घका लागि प्यालेस्टिनी प्रतिनिधि रियाद मन्सूरले अमेरिकी भीटोलाई "पूरै उत्ताउलो र खतरनाक"को सङ्ज्ञा दिए।

इजरेल र अमेरिकाका कैयौँ साझेदार देशका तर्फबाट समेत त्यसको चर्को आलोचना भएको छ। फ्रान्सका राजदूत निकोलस डे रिभिएरले गाजाको "अवस्था भयानक हुँदाहुँदै पनि" प्रस्ताव अस्वीकार भएकोमा दुःख व्यक्त गरे।

तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले "सबै उद्देश्य पूरा नभएसम्म युद्ध जारी राख्न आफू दृढ रहेको" बताएका छन्। "यो फेर्न सक्ने कुनै दबाव छैन, छँदै छैन," उनले भने।

इजरेलले ठूलो क्षति हुने गरी चलाएको सैन्य कारबाही रोक्न आफ्नो शक्ति प्रयोग गर्नका लागि अमेरिकामाथि ठूलो अन्तर्राष्ट्रिय दबाव छ। तर अमेरिकाले इजरेलसँग आत्मरक्षाको अधिकार रहेको जोड दिँदै आएको छ।

सुरक्षा परिषद्‍को प्रस्ताव किन महत्वपूर्ण

सुरक्षा परिषद्‌बाट पारित प्रस्ताव कानुनी रूपमा बाध्यकारी हुन्छ। युद्धविरामको प्रस्ताव पारित भयो भने इजरेलले त्यो अस्वीकार गर्न पाउँदैन। त्यसैले सुरक्षा परिषद्को मतदान राष्ट्रसङ्घीय महासभाको भन्दा फरक छ।

राष्ट्रसङ्घमा अमेरिकाले गाजामा अस्थायी युद्धविरामको आह्वान गरेको यो पहिलो पटक हो। यसअघि 'युद्धविराम' शब्द प्रयोग भएका प्रस्तावलाई अमेरिकाले आफूमा निहित विशेषाधिकार प्रयोग गरी निष्क्रिय पारिदिएको थियो।

राष्ट्रपति बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा शान्तिसम्बन्धी अमेरिकी दूत बनेर काम गरेका फ्र्याङ्क लोवेन्स्टाइनले अहिले अमेरिकी नीतिमा "एउटा निकै उल्लेख्य परिवर्तन" देखिएको ठानेका छन्।

"मलाई सबैभन्दा उल्लेख्य लागेको कुरा के भने यसले बाइडन प्रशासन इजरेली प्रधानमन्त्री नेतन्याहू र इजरेल सरकारसँग कति निराश छ भन्ने देखाउँछ, उनले भने।

"मानवीय सहायता र सर्वसाधारण मानिस हताहत हुने अवस्था घटाउने कुरा उठ्दा उनीहरूले हामीलाई निरन्तर बेवास्ता गरिरहे अनि अहिले हामीले निकै विरोध गरिरहेको रफाहमा आक्रमण गर्ने कुरामा उनीहरू लागिपरेका छन्।"

'इजरेललाई समस्या बन्न सक्ने' अमेरिकी प्रस्ताव

राष्ट्रपति बाइडन अरबी मूलका अमेरिकीहरूबाट प्यालेस्टिनीहरूको मृत्यु हुने क्रम रोक्न अझ प्रयास गर्न दबावमा रहेको फ्र्याङ्क लोवेन्स्टाइन बताउँछन्।

अमेरिकाका लागि एक भूतपूर्व इजरेली राजदूतले अमेरिकाको युद्धविरामसम्बन्धी प्रस्ताव "इजरेल सरकारका लागि समस्या बन्न सक्ने" औँल्याएका छन्।

बीबीसी न्यूजआवरसँग कुरा गर्दै माइकल ओरिनले बन्धकहरूको मुक्तिसँग सम्बन्धित वार्तासँग जोडिएको अस्थायी युद्धविरामसम्बन्धी जुनसुकै कुराले "हमासलाई निकै राहत" पुग्ने बताए। हमासले लामो समयसम्म "वार्ता लम्ब्याउन सक्ने" उनको धारणा छ।

"कुनै पनि इजरेली सरकारले ती सर्त मान्दैन। त्यसको अर्थ हमासले युद्ध जित्नु र इजरेलले हार्नु हुन्छ," उनले भने।

अक्टोबर ७ मा १,२०० जनाको ज्यान जाने र अन्य २४० जनालाई बन्धक गराउने गरी हमासका लडाकुहरूले दक्षिणी इजरेलमा आक्रमण गरेका थिए। त्यसलगत्तै इजरेले गाजामा धावा बोलेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली सैन्य कारबाहीमा अहिलेस्म गाजामा २९,००० जनाको मृत्यु भइसकेको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending