Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

कर्णालीका द्वन्द्वप्रभावित भन्छन्- टिआरसी विधेयक पीडितमैत्री हुनुपर्छ

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका द्वन्द्वप्रभावितले सरकारले संसद्मा पेस गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी  विधेयक (टिआरसी) पीडितको न्याय पक्षमा हुन नसक्ने भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले पीडकहरु जोगिने गरी विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाउँदै त्यसले खास द्वन्द्वपीडितले न्याय नपाउने जिकिर गरेका हुन् । विशेषगरी द्वन्द्वप्रभावित कर्णालीका महिलाले सरकारले थामथुम बनाउने गरी विधेयक अगाडि बढाउन खोजेको भन्दै संसद्मा व्यापक छलफल गरी विधेयकलाई पीडितमैत्री बनाएर मात्रै पास गर्नुपर्ने सुझाव दिएका छन् ।

द्वन्द्वप्रभावित एवं मानव अधिकारका लागि  एकल महिला समूहका कर्णाली प्रदेश अध्यक्ष ममता नगालले टिआरसी विधेयक परिमार्जनसहित सदनमा प्रस्तुत गर्नुपर्ने बतान्। सरकारले टिआरसी विधेयक अगाडि बढाउन खोजेको छ । नगालले भनिन्, “यो विधेयकलाई पीडितमैत्री बनाउनुपर्छ, हामीजस्ता द्वन्द्वप्रभावितले न्यायको अनुभूति गर्न पाउनुपर्छ ।”

कर्णाली प्रदेश सरकारले द्वन्द्वप्रभावितको तथ्याङ्क सङ्कलनको कार्य अहिले गरिरहेको भन्दै कोही पनि पीडितहरु नछुट्ने गरी तथ्याङ्क सङ्कलन हुनुपर्ने उनको माग छ । सबै पीडितले आफ्नो आफ्नो वडामा गएर आफ्नो नाम टिपाउन आग्रह गर्दै उनले पीडित परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति सरकारले गर्नुपर्ने माग राखिन्। 

यसैबीच, सरोकारवालाले लैङ्गिक हिंसाका घटना बढ्दै गएको भन्दै त्यसबाट महिला पीडित भएको बताएका छन् । समूहले वीरेन्द्रनगरमा गरेको एकल, द्वन्द्वप्रभावित सीमान्तकृत, सरोकारवाला र प्रहरीबीच लैङ्गिकतामा आधारित हिंसासम्बन्धी छलफल कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी वीरबहादुर ओलीले पछिल्लो समय प्रविधिको विकासले समेत लैङ्गिक हिंसाका घटना बढेको बताउँदै सबैभन्दा धेरै पीडित महिला बनेको उल्लेख गरे। उनले सबै पक्ष एकजुट भएर लैङ्गिक हिंसाका घटना रोक्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनालले हिंसालाई निरुत्साहित गर्न सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको बताए । नेपालमा लैङ्गिक हिंसामा महिला धेरै पीडित भएको भन्दै त्यसलाई कम गर्न महिला अब्बल हुनुपर्ने बताए। 

नवज्योति केन्द्रका सिस्टर रोसिटाले महिलालाई न्याय पाउन अहिले पनि समस्या रहेको भन्दै प्रहरीमा महिला सेल स्थापना भएपछि केही सहजता भएको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending