Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कांग्रेस महासमितिको संकल्प, अब एक्लै चुनाव लड्ने

खबरडबली संवाददाता

काठमाडौं  ।  सत्तासीन कांग्रेसले अबका कुनै पनि चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने संकल्प गरेको छ। महामन्त्री गगनकुमार थापाले ‘एक्लै चुनाव लड्नुपर्ने’ भनी पेस गरेको सांगठानिक प्रस्तावलाई महासमिति बैठकले बिहीबार सर्वसम्मत पारित गरेको हो। 

फागुन ७ बाट सुरु भएको महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन, प्रवक्ता प्रकाशशरण महतले पेस गरेको आर्थिक प्रतिवेदन र श्याम घिमिरेले पेस गरेको आर्थिक लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भयो। केन्द्रीय समितिको अबको बैठकले परिमार्जनसहित सबै प्रस्तावलाई अन्तिमरूप दिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 

महासमिति बैठक मुख्य गरी अबको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बहसमा केन्द्रित भएको थियो। संस्थापन पक्षको असहमतिबीच महामन्त्री थापाले उक्त प्रस्ताव बैठकमा पेस गरेका थिए। ‘....नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू शुभेच्छुक तथा समर्थकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं। र, हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं,’ महामन्त्री थापाको संगठानिक प्रस्तावमा छ। यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरूले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने मत छलफलमा राखेका थिए। तर, शेखर कोइराला, महामन्त्री थापालगायत संस्थापन इतर पक्षीय नेताहरूले अबको चुनावमा गठबन्धन गर्न नहुने मत राखेका थिए। 

महामन्त्री थापाको प्रस्तावमा ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुप¥यो’ भन्ने उल्लेख छ। गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साँझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्ने महामन्त्री थापाको प्रस्तावमा छ। ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने छौं,’ थापाले उल्लेख गरेका छन्।

बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए। त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए। तैपनि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो। महामन्त्री गगन थापाले निर्णायार्थ पेस गर्दा कसैले विरोध गरेका थिएनन्। महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए। 

अर्का महामन्त्रीको समसामयिक राजनीतिक प्रस्तावमा समावेश गरिएको विषय व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण भन्ने शीर्षकमा रहेको व्यक्ति बहिर्गमनको पद्घति भन्ने शीर्षकमा रहेको पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको छ। यसकै अर्को प्रतिरूप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ। 

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाललाई १, २, ३, ४ को सिद्घान्तले बाँध्ने पद्घतिको प्रस्ताव गर्छ। राष्ट्रपति पदको शपथ ग्रहण केवल एकपटक, प्रधानमन्त्री बढीमा दुईपटक, मन्त्री तीन र सांसदको शपथ अधिकतम चारपटक। भन्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले भने बैठकमा प्राप्त सुझावको आधारमा आगामी केन्द्रीय समितिको बैठकले प्रतिवेदनहरू परिमार्जन गर्ने बताए। देउवाले समापन समारोहमा बोल्दै भने, ‘यहाँ पास भएका प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकले पास गर्ने छ।’ देउवाले कांग्रेसको नीति कार्यक्रम व्यवहार समयसापेक्ष दूरदर्शी र जिम्मेवार रहने हुँदा अनुकूल अथवा प्रतिकूल अवस्थामा भए पनि कांग्रेसले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए। यो समाचार अन्नपुर्ण दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending