Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

कांग्रेस महासमितिको संकल्प, अब एक्लै चुनाव लड्ने

खबरडबली संवाददाता

काठमाडौं  ।  सत्तासीन कांग्रेसले अबका कुनै पनि चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने संकल्प गरेको छ। महामन्त्री गगनकुमार थापाले ‘एक्लै चुनाव लड्नुपर्ने’ भनी पेस गरेको सांगठानिक प्रस्तावलाई महासमिति बैठकले बिहीबार सर्वसम्मत पारित गरेको हो। 

फागुन ७ बाट सुरु भएको महासमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन, प्रवक्ता प्रकाशशरण महतले पेस गरेको आर्थिक प्रतिवेदन र श्याम घिमिरेले पेस गरेको आर्थिक लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भयो। केन्द्रीय समितिको अबको बैठकले परिमार्जनसहित सबै प्रस्तावलाई अन्तिमरूप दिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 

महासमिति बैठक मुख्य गरी अबको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बहसमा केन्द्रित भएको थियो। संस्थापन पक्षको असहमतिबीच महामन्त्री थापाले उक्त प्रस्ताव बैठकमा पेस गरेका थिए। ‘....नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू शुभेच्छुक तथा समर्थकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं। र, हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं,’ महामन्त्री थापाको संगठानिक प्रस्तावमा छ। यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरूले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने मत छलफलमा राखेका थिए। तर, शेखर कोइराला, महामन्त्री थापालगायत संस्थापन इतर पक्षीय नेताहरूले अबको चुनावमा गठबन्धन गर्न नहुने मत राखेका थिए। 

महामन्त्री थापाको प्रस्तावमा ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुप¥यो’ भन्ने उल्लेख छ। गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साँझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्ने महामन्त्री थापाको प्रस्तावमा छ। ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने छौं,’ थापाले उल्लेख गरेका छन्।

बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए। त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए। तैपनि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो। महामन्त्री गगन थापाले निर्णायार्थ पेस गर्दा कसैले विरोध गरेका थिएनन्। महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए। 

अर्का महामन्त्रीको समसामयिक राजनीतिक प्रस्तावमा समावेश गरिएको विषय व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण भन्ने शीर्षकमा रहेको व्यक्ति बहिर्गमनको पद्घति भन्ने शीर्षकमा रहेको पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको छ। यसकै अर्को प्रतिरूप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ। 

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाललाई १, २, ३, ४ को सिद्घान्तले बाँध्ने पद्घतिको प्रस्ताव गर्छ। राष्ट्रपति पदको शपथ ग्रहण केवल एकपटक, प्रधानमन्त्री बढीमा दुईपटक, मन्त्री तीन र सांसदको शपथ अधिकतम चारपटक। भन्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ। 

पार्टी सभापति शेरबहादुर देउवाले भने बैठकमा प्राप्त सुझावको आधारमा आगामी केन्द्रीय समितिको बैठकले प्रतिवेदनहरू परिमार्जन गर्ने बताए। देउवाले समापन समारोहमा बोल्दै भने, ‘यहाँ पास भएका प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकले पास गर्ने छ।’ देउवाले कांग्रेसको नीति कार्यक्रम व्यवहार समयसापेक्ष दूरदर्शी र जिम्मेवार रहने हुँदा अनुकूल अथवा प्रतिकूल अवस्थामा भए पनि कांग्रेसले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए। यो समाचार अन्नपुर्ण दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending