मुगु । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो ।
मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो । बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिए । उनका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।
हिउँद र वर्षाका समयमा दुई/तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एक/दुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन ।
प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ । यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिन्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताए । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - २०:५७
रुपन्देही । रास्वपा सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका छन् । बुटवलक...
फाल्गुन २६ गते, २०८१ - २०:४४
म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई ...
फाल्गुन २६ गते, २०८१ - २०:३८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले फाग...
फाल्गुन २६ गते, २०८१ - २०:२०
काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा...
फाल्गुन २६ गते, २०८१ - २०:०६
काठमाडौं । समाजवादी माेर्चाकाे बैठकपछि शिर्ष नेताहरुले इतिहासकाे रथ नफर्ने बताउँदै राजतन्त्रकाे सपना नदेख्न राजावादीहरुलाई सुझाव दिएका छन् । बैठकपछ...
फाल्गुन २६ गते, २०८१ - १९:५७
काठमाडौं । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन...
फाल्गुन २६ गते, २०८१ - १९:५३
कैलाली । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सात बुँदे सहमतिमा तलमाथि भएत्यसको सबैभन्दा ठूलो दोष कांग्रेसले लिनुपर्ने बताएका ...
फाल्गुन २६ गते, २०८१ - १९:४९
पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचौँ पाँचथर गोल्प कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले हिमालयन...
फाल्गुन २६ गते, २०८१ - १९:४६
मकवानपुर । मकवानपुर भीमफेदी गाउँपालिका –९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ । भौतिक पूर्वाधार विकास कार्यालय ह...
फाल्गुन २६ गते, २०८१ - १९:४०
बझाङ । बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्ष...
प्रतिकृया लेख्नुहोस्: