Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मोरङमा फागुन १३ देखि दादुरा–रुवेलाको खोप अभियान

खबरडबली संवाददाता

मोरङ । मोरङ जिल्लामा यही  फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले शुक्रबार राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान सञ्चालनबारे जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुको बैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाइने जानकारी दिइयो ।

 मोरङका १७ वटै स्थानीय तहका एक सय ५९ वडाका नौ महिना देखि १५ वर्षसम्मका दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताए । उनका अनुसार नौ महिना देखि ५९ महिनाभित्रमा ८० हजार चार सय ५५ र पाँच वर्षदेखि १५ वर्षसम्मका दुई लाख आठ सय आठ गरी दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने भएको हो । 

मोरङमा  एक हजार पाँच सय ८८ खोप केन्द्र, तीन हजार एक सय ७० स्वास्थ्यकर्मी र चार हजार सात सय ६४ जना स्वयंसेवक परिचालन हुने बताइएको छ । दादुरा रुवेलाविरुद्धको राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गतेसम्म भए पनि मोरङमा चैत २ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

जहदा गाउँपालिकाबाट अभियानको शुभारम्भ गरिने कार्यालय प्रमुख डा मेहताले बताए । मोरङमा पहिलो चरणमा मिक्लाजुङ्ग, लेटाङ्ग, केराबारी, वेलबारी, सुन्दरहरैचा, विराटनगर, जहदा, कटहरी, बूढीगङ्गा, ग्रामथान र फागुन २९ गतेदेखि दोस्रो चरणमा धनपालथान रङ्गेली सुनवर्षी रतुवामाई उर्लावारी कानेपोखरी र पथरीशनिश्चरेमा अभियान सञ्चालन हुने उनले बताए । 

दक्षिणपूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान सुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिए पनि सम्भव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले बताए । 

उनका अनुसार सन् २०२२/२३ मा  नेपालको धेरै जिल्लामा दादुरा रुवेलाका बिरामी देखा परी महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रूवेला निवारणका लागि दादुरा खोपको  दुवै (पहिलो र दोस्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशतभन्दा धेरै भएको हुनुपर्ने आधार र सर्तहरू रहेको छ । दादुरा–रुवेलाविरुद्धको खोपको राष्ट्रिय अभियानमा सबै पक्षको सहयोग आवश्यक भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्क गौतम, निजी अस्पताल सञ्चालकको सङ्घ अफिनका कोशी प्रदेश अध्यक्ष डा शङ्कर अधिकारीलगायतले  बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending