Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

खबरडबली संवाददाता

काठमाडौं । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित विशेष कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवालले प्रकृति एवम् जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको महत्त्व पनि रहेको उनको भनाइ छ ।  

मान्छेको समाजमा भन्दा धेरै वन्यजन्तुको समाजमा रमाउने अनि तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, तिनका आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने स्वभाव ददि सापकोटाको रहेको लेखक अमर न्यौपानेको भनाइ छ । ‘ददिजीको लेख्ने तरिका रमाइलो छ । पशुपन्छीका तिनका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उनको लेखन मलाई मन पर्छ,’ उनले भने ।  

वर्षाैंअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक ददि सापकोटाले बताए । ‘सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसस्वादन गराउँदै जाँदा मलाई थाहा भयो— कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ । जाडोयाम लाग्नासाथ भालेहरु हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघकाने टोपी जस्ता गुँड बनाउन हतार गर्दा रहेछन्,’ उनले भने, ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ । हतारिँदै निकै दिन लगाएर खाइनखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने गर्छन् । यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हेर्‍यै हुन्छन् । पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन् । त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन् ।’

यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र सबै मानिसमा नपुगेको जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखक सापकोटाको भनाइ छ। ‘जुँगा–दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ,’ उनी भन्छन्, ‘मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरुले स्त्रीलाई दुःख दिने रहेछन् । तिनलाई तह लगाउने पहलमान पनि हुने रहेछन् । चोरीचकारी अनि लुकीचोरी मायाप्रेम त जीवजन्तुले पनि गाँस्ने रहेछन् ।’

प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यस पटक ‘जीवगाथा’मा आइपुगेको उनले जनाए । ‘प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे वनको ‘वैभव पुस्तक’ लेखिसकेको मैले यस पटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।’

पुस्तकमा के छ ?

मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ? जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ। चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।

तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो— ‘जीवगाथा’। वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।

को हुन् ददि सापकोटा ?

ददि सापकोटा पेसाले पत्रकार, लेखक हुन् । पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका उनी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन् । हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन् । यसअघि पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव लेखेका उनको यो पाँचौं पुस्तक हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE