Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

भारतमा ट्याक्टरकाे ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १० जना घाइते

खबरडबली संवाददाता

एजेन्सी । भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो ।

"अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ," कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चार माध्यमलाई बताए । प्रहरीका अनुसार पीडितहरू गङ्गा स्नान गर्न कादरगञ्ज जाँदै थिए।

पीडितहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।  

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । 

ट्र्याक्टर चालकले अर्को गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा घातक सडक दुर्घटनाहरू प्रायः ओभरलोडिङ, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । 

सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग १ लाख ५० हजार  मानिसहरूको मृत्यु हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बता...

होली खेलेर जम्मा भएको रकम शिक्षकलाई तलब

बैतडी । जिल्लाका विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन् । निजी स्रोतका शिक्षकहरूको तलबको जोह...

चिसो स्थान फर्कन थाले आगन्तुक चरा

धनगढी । नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भए...

खाेटाङ र भोजपुरमा आगलागीबाट १२ घर जले

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ । इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले ज...

अच्युत वाग्ले केयूको उपकुलपतिमा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.  डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्म...

सप्तरीमा आगलागीबाट १२ लाख बराबरको धनमाल नस्ट

सप्तरी । राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ । आगलागीमा एक फर्निचर उद्योग, ३ वटा घ...

विपद् प्राधिकरणको सीईओमा भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बसेको ...

नेपाल प्रहरीकाे ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नि...

बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँ...

जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित

चितवन । जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका-१०...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy