काठमाडाैं । नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीले यस वर्ष Outstanding Service in Prevention of Blindness Awards बाट सम्मानित गरेको छ ।
फेब्रुअरी २२ देखि २५ सम्म इन्डोनेशियाको बालीमा जारी आँखा रोग विशेषज्ञहरुको वार्षिक सम्मेलन कार्यक्रममा चन्दलाई सम्मानित गरिएको हो ।
नेपालमा अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अपाओले चन्दलाई सम्मान गरेको हो । यो अवार्ड वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन रोक्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ । नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहेका चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा गुल्मी जिल्लालाई मोतिबिन्दु रहित जिल्ला घोषणा गराउने अभियानको सुरुवात गरेका थिए । संघको सचिव तथा महासचिव पदमा रहि नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् ।
सन् १९६० मा स्थापना भएदेखि एसिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (APAO) ले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत नेतृत्व गर्दै आएको छ । अन्धोपन विरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संगठनहरूबीच घनिष्ट सम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आईरहेको छ ।
वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।
स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: