जनकपुरधाम । सरकाकरले आजदेखि सुरु गरेको दादुरारुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका १९ लाख ४७ हजार एक सय ४२ जना बालबालिकालाई खोप लगाइने भएको छ ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित श्रीराम लक्ष्मण राष्ट्रिय प्राथमिक विद्यालाय केन्द्रबाट उपमहानगरप्रमुख मनोजकुमार साह र मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजीवकुमार झाले खोप अभियानको शुभारम्भ गरे ।
त्यसअवसरमा निर्देशनालय प्रमुख झाले मधेस प्रदेशका आठ जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका १९ लाख ४७ हजार एक सय ४२ जनालाई खोप लगाइने जानकारी दिए । राष्ट्रिय अभियानअन्तर्गत आजदेखि आगामी चैत ७ गतेसम्म प्रदेशका एक सय ३६ पालिकाका सबै एक हजार ७१ वडामा ११ हजार ३ सय ४६ केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए ।
त्यसका लागि १५ हजार पाँच सय ८४ खोप कार्यकर्ता र त्यति नै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । त्यस्तै, स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको दुई लाख ५१ हजार सात सय ९८ भाइल, २१ लाख ९४ हजार सिरिन्ज र २१ लाख ९६ हजार घोलक सिरिञ्ज नेपाल सरकारकारमार्फत प्राप्त भएको पनि जानकारी दिइयो ।
अभियान सफल पार्न सरकारबाट जिल्लास्तरमा कार्यक्रम खोप कार्यक्रम सञ्चालनका निम्ति रु छ करोड ८९ लाख १८ हजार र स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम गर्न रु दुई लाख १३ हजार नौ सय प्राप्त भएको पनि निर्देशनालयले जनाएको छ ।
जनकपुरधाम उपमहानगर प्रमुख साहले मधेस प्रदेशका जिल्लाहरू दादुरारुबेलाको जोखिममा रहेकाले अभियानबाट लाभ लिन नगरबासीलाई आग्रह गरे । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्यका साथ अभियान सुरु गरेकाले ढुक्कका साथ आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लिनसमेत अनुरोध गरे ।
यसैगरी, वडा नं २३ का अध्यक्ष राघबेन्द्र साहले आफ्नो वडामा रहेका लक्ष्यित दुई छ सय ५१ बालबालिकालाई खोप लगाउने बन्दोबस्त मिलाइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: